काठमाडौँ– एभरेष्ट कलर लिमिटेडले आइपिओ पनि जारी गर्ने भएको छ ।


ADVERTISEMENT


यससम्बन्धमा आवश्यक छलफल गर्न कम्पनीले मंसिर १ गते शनिबारका दिन सभा डाकेको छ। सभा वाईट प्यालेस बैंकेट, मध्यपुर ठिमी– ३, भक्तपुर बिहान ११ बजेबाट सुरु हुने बताइएको छ।


ADVERTISEMENT

# # #


कम्पनीले निकट भविष्यमा आइपिओ पनि जारी गर्ने तयारी गरेको छ। सो प्रस्ताव कम्पनीले आफ्नो यस साधारणसभामा पनि पेश गरेको छ। कलर सेक्टरको पहिलो जारी गर्ने तयारी कम्पनीको रहेको छ।

२६ करोड चुक्ता पुंजी रहेको यस कम्पनीको १५ प्रतिशत सेयर सर्वसाधारणलाई जारी कम्पनीको रहेको छ।

यस्ता छन् साधारणसभाका प्रस्तावहरु

साधारण प्रस्ताव

१. सञ्चालक समितिको तर्फबाट अध्यक्षबाट पेश हुने आर्थिक वर्ष २०८०/०८१ को वार्षिक प्रतिवेदन छलफल गरी पारित गर्ने

२. लेखापरीक्षकको प्रतिवेदन सहितको आ.व. २०८०/२०८१ को वासलात, नाफा र नोक्सान हिसाव, नगद प्रवाह लगायत वित्तीय विवरण छलफल गरी पारित गर्ने।

३. लेखापरीक्षक जे।एम। लम्साल एण्ड कम्पनीका झलकमणि लम्सालले राजिनामा दिएकोले कम्पनी ऐन, २०७६ को दफा ११३ र कम्पनी निर्देशिका, २०७२ को ६० बमोजिम कम्पनी रजिष्ट्रारको कार्यालयबाट नियुक्त लेखापरीक्षक श्रेष्ठ एण्ड न्यौपाने एशोसियट्स, चार्टर्ड एकाउन्टेन्ट्सको नियुक्ती अनुमोदन गर्ने सम्बन्धमा। ४।कम्पनी ऐन, २०७६ को दफा ११३ अनुसार आर्थिक वर्ष २०८१र०८२ को लेखापरीक्षण कार्यको लागि लेखापरीक्षण समितिको सिफारिस अनुसार लेखापरीक्षकको नियुक्ती गर्ने र निजको पारिश्रमिक निर्धारण गर्ने।

५. कम्पनीको संचालक समितिका यसअघिका बैठकले गरेका सबै निर्णयहरु छलफल गरी अनुमोदन गर्ने।

६. संस्थापक सेयरधनीहरुको तर्फबाट कम्पनीको संचालक समितिमा प्रतिनिधित्व गर्ने ५ जना संचालकको निर्वाचन गर्ने।

विशेष प्रस्ताव
१. प्रबन्धपत्रमा उल्लेख भए बमोजिम सर्वसाधारणका लागि छुट्याइको सेयर सर्वसाधारणमा जारी गर्ने ।

२. सर्वसाधारणलाई सेयर जारी गर्न नियामकलगायतका सबै निकायसँग अनुमति लिनेलगायत निस्कासन सम्बन्धि सम्पूर्ण कार्य गर्नका लागि संचालक समिति वा समितिले तोकेको व्यक्तिलाई अख्तियारी दिने ।

३. प्रबन्धपत्रको दफा ६ अन्तर्गत संशोधन गर्ने ।

४. नियमावलीको नियम ७, २७ ९१० ९२० र ४१ अन्तर्गत संशोधन गर्ने ।

५. कम्पनीको प्रबन्धपत्र तथा नियमावलीको प्रस्तावित संसोधनमा सम्बन्धित नियमनकारी निकायले फेरबदल गर्न सुझाव वा निर्देशन दिएमा सो अनुरुप आवश्यक समायोजन गर्न संचालक समितिलाई अख्तियारी प्रदान गर्ने ।

६. संचालकहरुलाई दिने सुविधा छलफल गरी पारित गर्ने।

विविध