काठमाडौँ– पूर्व गृहमन्त्री तथा राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेको पक्राउविरुद्व रास्वपा कार्यकर्ताले माइतीघरमा प्रदर्शन गरेका छन् ।
सहकारी रकम अपचलनमा पक्राउ लामिछानेको पक्राउविरुद्व रास्वपाका नेता कार्यकर्ताहरु धर्ना र विरोधमा उत्रिएका हुन् ।
प्रदर्शनकारीहरूले ‘तानाशाही पाराले दुःख पायो साराले’, ‘सहकारी पीडितको एउटै माग बचत रकम फिर्ता गर’, ‘सत्ताको दुरुपयोग बन्द गर’, ‘सरकार, दम्भ नदेखाऊ नेपाली जनता जिउँदै छन्’, ‘८८ अर्ब फिर्ता गर’, ‘सत्य कहिल्यै ढल्दैन’ नारा लेखिएका प्लेकार्डसहित प्रदर्शन गरेका छन् ।
यसअघि रास्वपाले पोखरामा गर्दै आएको थियो । तर, पोखरामा जनस्तरबाट सोचेजस्तो समर्थन नदेखिएपछि रास्वपाले आजदेखि काठमाडौंमा प्रदर्शन थालेको हो ।
सहकारी ठगी प्रकरणमा अनुसन्धानका लागि गत शुक्रबार प्रहरीले लामिछानेलाई काठमाडौंबाट पक्राउ परेका थिए । तर, रास्वपाले भने उनलाई नियोजित रुपमा फसाइएको दाबी गर्दै आएको छ ।
प्रहरी हिरासतमा रहेका लामिछानेलाई हिजो जिल्ला अदालत, कास्की उपस्थित गराइएको थियो । अदालतका ६ नम्बर न्यायाशीध चन्द्रकान्त पौडेलको इजलासले रविलाई थप ७ दिन हिरासतमा राखेर अनुसन्धान गर्न अनुमति दिएको छ ।
हेर्नुहोस् विरोध प्रदर्शनको लाईभ


























































