काठमाडौं-प्रदेश ५ को उपसभामुखका लागि आज निर्वाचन हुने भएको छ । उपसभामुख चयन गर्न दिउँसो १ बजे प्रदेशसभा बैठक तय गरिएको छ ।


ADVERTISEMENT


उपसभामुख मनोनयनका लागि शनिबार बिहान १० बजेदेखि २ बजेसम्मको समय दिइएकोमा वाम गठबन्धनको तर्फबाट एमाले सांसद् कृष्णी थारु र कांग्रेसकी रिना खनाल बिकको उम्मेदवारी परेको थियो । यिनै दुई उम्मेदवारबीच आज प्रतिष्पर्धा हुँदैछ ।


ADVERTISEMENT

# # #


८७ सदस्यीय प्रदेश ५ मा वाम गठबन्धनका ६१ र कांग्रेसका १९ सांसद् छन् । प्रदेश ५ का सभामुख पूर्णबहादुर घर्तीले उपसभामुख चयनका लागि दिउँसो १ बजे बस्न लागेको बैठक डेढदेखि २ घण्टासम्म चल्ने जानकारी दिए ।

प्रदेश ५ को सभामुख भने निर्विरोध निर्वाचित भएका थिए । कांग्रेसले उम्मेदवारी नदिएपछि घर्ती निर्विरोध निर्वाचित भए पनि उपसभामुखमा भने कांग्रेसले उम्मेदवारी दिएको छ ।

अनिवार्य उपस्थितिका लागि एमाले-माओवादीको ह्विप

यसैबीच, एमाले र माओवादी केन्द्रले प्रदेशसभा–५ का आफ्ना सांसदहरुलाई अनिवार्य उपस्थितिका लागि ह्विप जारी गरेका छन् । दुवै पार्टीले एक विज्ञप्ति जारी गर्दै अनिवार्य उपस्थित हुन आग्रह गरेका हुन् ।