काठमाडौँ – नेपाली कांग्रेसका प्रभावशाली केन्द्रीय सदस्य एवं शिक्षा विभाग प्रमुख नैनसिंह महरलाई मातृ शोक परेको छ । नेता महरकी आमा ललितादेवी महर ९६ बर्षको उमेरमा डडेल्धुरा उपक्षेत्रीय अस्पतालमा उपचारका क्रममा शनिबार निधन भएको हो ।


ADVERTISEMENT


स्व. ललितादेवीको शवयात्रा आइतबार भागेश्वोर ३ लामिकाण्डेस्थित महर निवासदेखि प्रारम्भ हुने र अन्तिम दर्शन एवं संस्कार गर्गक्षेत्र (गैरीवागर), महाकाली, डडेल्धुरामा हुने पारिवारिक स्रोतले बताएको छ ।


ADVERTISEMENT

# # #


ललितादेवीका नेता महर सहित ५ जना सन्तान रहेका छन् ।