काठमाडौँ – बंगलादेश साफ महिला च्याम्पियनसिप २०२४ को फाइनलमा प्रवेश गरेको छ ।


ADVERTISEMENT


आइतबार त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा आइतबार भएको पहिलो सेमिफाइनलमा भुटानमाथि ७–१ को फराकिलो जित निकाल्दै बंगलादेश फाइनल प्रवेश गरेको हो ।


ADVERTISEMENT

# # #


बंगलादेशको जितमा तोहुरा खातुनले ह्याट्रिक गरिन् भने साविना खातुनले दुई र ऋतु पोर्ना चक्मा तथा सेउली अजिमले एक–एक गोल गरिन् । भुटान लागि एकमात्र गोल डेकी लाजोमले गरेकी थिइन् ।