प्रधान सेनापति महारथी अशोक राज सिग्देलसँग नेपाल भ्रमणमा रहेका भारतीय नेशनल क्याडेट कर्प्स (एनएनसी) को भ्रमण दलले शिष्टाचार भेटघाट गरेको छ । भारतीय टोलीले आइतबार नेपाली सेनाको मुख्यालय जंगी अड्डामा प्रधानसेनापति सिग्देलसँग भेटवार्ता गरेको हो ।


ADVERTISEMENT


राष्ट्रिय सेवा दलको वार्षिक कार्यक्रम अन्तर्गत सञ्चालित ‘युथ एक्सचेन्ज प्रोग्राम’ (वाईईपी) मा सहभागी हुन भारतीय सेनाका विङ कमाण्डर पीआर पोन्नापा को नेतृत्वमा १८ सदस्यीय भारतीय एनएनसी टोली कार्तिक ०५ गते नेपाल आएको थियो ।


ADVERTISEMENT

# # #


वि.सं. २०२२ सालमा स्थापना भएको राष्ट्रिय सेवा दल, नेपालमा तालिमरत क्याडेट छात्ररछात्राहरुले वि.सं.२०२६ सालबाट विभिन्न देशहरूमा सञ्चालित वाईईपी मा सहभागिता जनाउँदै आरहेका छन् । यस कार्यक्रम अन्तर्गत नेपालबाट हालसम्म भारत, श्रीलङ्का, बङ्गलादेश, भुटान, मालदिभ्स, पाकिस्तान, सिंगापुर लगायतका देशहरूमा राष्ट्रिय सेवा दलका क्याडेट छात्र/छात्राहरूले भ्रमण गरिसकेका छन् ।

नेपाल भ्रमणमा रहेको भारतीय नेशनल क्याडेट कर्प्स (एनएनसी) का टोलीलाई लक्षित गरी सञ्चालन भएका विभिन्न कार्यक्रमहरूमा नेपालको राष्ट्रिय सेवा दलका छात्र/छात्राहरूको समेत सहभागिता रहेको थियो । जङ्गी अड्डामा आज आयोजित भेटघाट कार्यक्रममा रथीवृन्द, राष्ट्रिय सेवा दल, नेपालका कार्यकारी महानिर्देशक लगायत वाईईपीमा सहभागी नेपाल तथा भारतका एनएनसी छात्र छात्राहरूको उपस्थिति थियो ।

राष्ट्रिय सेवा दल अन्तर्गत नेपालमा हालसम्म ७४ हजार ४८० जना छात्ररछात्राहरुले सिनियर तथा जुनियर डिभिजन तालिम प्राप्त गरिसकेका छन् । यसवर्ष ७ हजार ७०४ छात्र/छात्राहरु उक्त तालिम सहभागी भई रहेको नेपाली सेनाले जनाएको छ ।