बीबीसी – जब सन् २०२२ मा च्याटजीपीटी लोकप्रिय बन्यो, एक एजेन्सीका संस्थापक अनुराग गर्ग आफ्नो कार्यालयको काममा सहयोग पुग्ने गरी यसलाई समावेश गर्ने कुरनमा उत्साहित थिए । उनी चाहन्थे कि यसले उनलाई आफ्ना प्रतिद्वन्द्वी कम्पनीहरूसँग प्रतिस्पर्धा गर्न मद्दत गर्नेछ।


ADVERTISEMENT


गर्गले आफ्ना कर्मचारीहरूलाई एआई उपकरणहरू प्रयोग गर्न प्रोत्साहित गरे। उनले एजेन्सीका सबै कर्मचारीहरूलाई एआई भाषा उपकरण प्रयोग गर्न आग्रह गरे।


ADVERTISEMENT

# # #


एजेन्सीले ग्राहकहरूका लागि स्टोरी उपायहरू, मिडियाका लागि तयार हुने प्रस्तावहरू, अन्तर्वार्ताका लागि नोटहरू र बैठकहरूको पूर्ण विवरणहरू समावेश हुन्थे । तर, एआई टुल्स कारण उनको टोलीको काम सहज हुनुको सट्टा झन् बढ्यो र कर्मचारी चिन्तित हुन थाले । उनीहरुको भनाई थियो कि यसको प्रयोग गर्न धेरै समय खर्चिनुपर्छ ।

एआई टुल्स प्रयोग गर्न पहिले कर्मचारीले च्याटजीपीटीका लागि संक्षिप्त जानकारी तयार गर्नुपरथ्र्यो, त्यसपछि प्राप्त जानकारीलाई फेरि चेकजाँच गर्नुपर्थ्र्यो र त्यसमा पनि केही गल्तीहरु भेटिन्थे । र यस बीचमा, धेरै पटक प्लेटफर्म अपडेट हुन्थ्यो, त्यसैले कर्मचारीहरूले उपकरणहरूसँग सम्बन्धित जानकारीहरू पुनः सिक्नु परेको थियो, जसका कारण थप समय बित्यो ।

‘कामको समय दोब्बर बन्यो’

एआई उपकरणहरू प्रयोग गर्नेबारे अनुराग गर्ग भन्छन्, ‘त्यहाँ धेरै विचलनहरू थिए। यी उपकरणको प्रयोगले काम सम्पन्न गर्न लाग्ने समय दोब्बर भएको मेरो टिमले बताएको छ ।’

उनले थपे, ‘किनभने, ती व्यक्तिहरूले सबै एआई उपकरणहरू प्रयोग गर्ने अपेक्षा गरेका थियौं। कम्पनीमा एआई उपकरणको प्रयोगलाई प्रवर्द्धन गर्नुको उद्देश्य मानिसको कामलाई सरल बनाउनु थियो तर यथार्थमा यसका कारण मानिसको काम बढ्दै गएको छ ।”

बजारमा एआई उपकरणको बाढी आएको तर एउटै औजारले धेरै समस्या समाधान गर्न नसक्ने उनको भनाइ छ । त्यसपछि गर्गले आफ्नो टोलीलाई सबै कामका लागि एआई उपकरणहरू प्रयोग नगर्न भने ।

नतिजा स्वरुप, उनको टोलीले अब अनुसन्धानको लागि प्राथमिक स्रोतको रूपमा एआई उपकरणहरू प्रयोग गर्दछ। र अहिले सबैजना पहिले भन्दा खुसी छन्।

सर्वेक्षणमा के पाइयो ?

गर्ग र उनको टोलीले एआई उपकरणहरू प्रयोग गर्दा जुन किसिमको तनाव महसुस गरे, उस्तै प्रतिबिम्ब हालैको एक अनुसन्धानमा समेत झल्किन्छ । एक फ्रीलान्सर प्लेटफर्म ‘अपवर्क’ ले २५०० कर्मचारीसँग सर्वेक्षण गरेको थियो। ती कर्मचारी अमेरिका, बेलायत, अष्ट्रेलिया र क्यानडाका थिए ।

जसमध्ये ९६ प्रतिशतले एआई उपकरणको प्रयोगले आफ्नो कम्पनीको उत्पादकत्व बढाउने आशा गरेका छन् । जसमध्ये ८१ प्रतिशतले आफ्ना कर्मचारीलाई एआई प्रयोग गर्न अनुरोध गरेको स्वीकार गरेका छन् ।

तर, सर्वेक्षणमा सहभागी ७७ प्रतिशत कर्मचारीले एआई उपकरणले आफ्नो उत्पादकत्व घटाएर काम बढाएको स्वीकार गरेका छन् । त्यसैगरी ४७ प्रतिशत कर्मचारीले बताए कि उनीहरुलाई यो कुराको कुनै जानकारी छैन कि रोजगारदाताको अपेक्षाअनुसार कसरी र कति उत्पादकत्व बढाउन सकिन्छ ।

६१ प्रतिशत व्यक्तिहरु यो कुरा विश्वास गर्छन कि एआईको प्रयोगले ती तनाव र रिस उठ्ने सम्भावनालाई बढाउँछ । यस्तै सीभी लेखन कम्पनी रेजुमी नाउको सर्वेमा ४३ प्रतिशत व्यक्तिहरुले भनेका छन् कि एआईको प्रयोगले वर्कलाइफ सन्तुलनलाई बिगार्छ ।

कार्य व्यवस्थापन प्लेटफर्म आसनले एक अध्ययन गरेको छ। यसले काममा आधारित एपहरू सार्वजनिक गर्दा परेका प्रभावहरुको बारेमा कुरा गरेको छ । यो सर्वेक्षणमा अस्ट्रेलिया, फ्रान्स, जर्मनी, जापान, बेलायत र अमेरिकाका ९ हजार ६१५ कर्मचारी समावेश गरिएको थियो । उनले कार्यस्थलमा ६ देखि १५ वटा एप प्रयोग गर्ने बताए ।

तीमध्ये १५ प्रतिशतले यति धेरै उपकरणका कारण मेसेज र नोटिफिकेशन हेर्न बिर्सने गरेको बताएका छन् ।

के भन्छन् विज्ञ ?

लस एन्जलसको क्यालिफोर्निया विश्वविद्यालयका व्यवस्थापन प्राध्यापक केसी होम्सले यस अध्ययनको बारेमा टिप्पणी गरे। ‘एकभन्दा बढी एप प्रयोग गर्नका लागि पहिले सिक्नुपर्छ, जसका लागि बढी समय लाग्छ,’ उनले भने।

प्रोफेसरले भने, “र बिचमा परिवर्तन गर्नमा पनि समय खर्चिन्छ, यो एकदमै नराम्रो कुरा हो । किनभने, हामी बर्बाद भइसकेको समयबारे बढी संवेदनशील छौं।”

लेह स्टिल अहिले वकिलबाट प्रशिक्षक बनेकी छिन् । तिनीहरूले कानुनी पेशेवरहरूलाई मानसिक तनावबाट राहत दिलाउन मद्दत गर्छन्। उनीकहाँ मदतको आशा लिएर आउनेहरुमध्ये धेरैको समस्या यो हुन्छ कि एआईमा आधारित प्रोडक्टिभिटी टुल्स आएपछि उनीहरुको कम्पनीले उनीहरुबाट धेरै अपेक्षा बढाएको छ । यस्तो अवस्थामा उनीहरुमाथि कामको चाप बढ्दै गएको छ ।

उनी भन्छिन्, ‘मैले देखेको सबैभन्दा ठूलो कुरा यो हो कि कम साधन स्रोतमा धेरै काम गर्नको लागि निरन्तर अपेक्षा बढ्दो छ, तर कम्पनीहरूले यस कुरामा नजरअन्दाज गरिरहेका छन् कि सिस्टममा उनीहरु जुन प्रविधि समावेश गरिरहेका छन्, त्यो सहयोगी छैन ।’

‘सबै कुरा धेरै छिटो चलिरहेको छ,’ स्टिलले भने, ‘शीर्षमा रहने यो लडाइ जारी छ। यसमा विशेषज्ञता हासिल गर्नुपर्ने माग छ । वकीलहरु मानसिक रुपमा तनावको अनुभव गरिरहेको उनी बताउँछिन् । तर यो केबल प्रविधि र एआई टुल्स बढ्नुको कारण मात्रै होइन, त्योको प्रयोगको कारण पनि रहेको उनको भनाई छ ।

प्रविधि सिक्न जरुरी

एलिसिया नाभारो भन्छिन् कि एआई साना फर्महरूको लागि धेरै सहयोगी साबित हुन सक्छ।

इङ्गल्याण्ड र वेल्सको कानून समाजले स्वीकार गर्यो कि वकिलहरूले कानुनी फर्महरूमा शीर्ष व्यक्तिहरूबाट थप समर्थन प्राप्त गर्नुपर्दछ ताकि उनीहरूले आफ्नो काममा एआई जस्ता नयाँ प्रविधिहरूको थप प्रयोग गर्न सकून्।

‘ती उपकरणहरू सिक्न समय लाग्छ र तिनीहरूलाई आफ्नो काममा समावेश गर्न समय लाग्छ,’ उसले भनेको छ ।

यसमा एटकिन्सनले थपे, ‘धेरै प्रविधिहरू मौलिक रूपमा कानुनी क्षेत्रको लागि डिजाइन गरिएको थिएन, त्यसैले यो संक्रमण थप चुनौतीपूर्ण हुन सक्छ ।’

एलिसिया नाभारो एक अनलाइन प्लेटफर्म फ्लोनको संस्थापक र प्रमुख कार्यकारी हुन्। यो प्लेटफर्मले मानिसहरूलाई ूगहिरो कामू मा ध्यान केन्द्रित गर्न मद्दत गर्दछ। यस्ता कामहरु, जसमा निरन्तर एकाग्रता चाहिन्छ ।

उनी स्वीकार्छिन कि एआई टुल्सको बाढी आएको छ र त्यसको प्रयोग सही तरिकाले गर्न आवश्यक छ छ ।