काठमाडौँ– नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले राष्ट्रिय एकतालाई अझ बढि बलियो बनाउनेमा सबैको ध्येय रहेको बताएका छन् ।


ADVERTISEMENT


राष्ट्रिय लोक सन्चारकर्मी नेपालले बिहीबार प्रचण्ड निवास खुमलटारमा आयोजना गरेको देउसी भैलो कार्यक्रममा प्रचण्डले कलाकार, पत्रकार सबैको ध्येय राष्ट्रिय एकतालाई अझ बढि बलियो बनाउनेमा रहेको बताएका हुन् ।


ADVERTISEMENT

# # #


राष्ट्रिय स्वाधिनतालाई सुदृढ गर्दै नेपाली जनताको उज्वल भविष्का लागि सवै एक हुनुपर्ने उनले जनाए । उनले आफु शान्ति प्रक्रियामा आएदेखि नै कला र खेलकुदको क्षेत्रलाई उच्च प्राथमिकता दिदै आएको धारणा राखे । कला संस्कृतिको जगेर्ना नगरिकन राष्ट्रको अस्मिताको जगेर्ना हुन नसक्ने उनको भनाइ छ ।

उनले तिहारका अवसरमा देश र विदेशमा रहेका नेपालीप्रति शुभकामना व्यक्त गरे । कार्यक्रममा कलाकारहरुले देउसी भैलो खेल्दै सांस्कृतिक प्रस्तुति देखाएका थिए ।