लन्डन – बेलायत संसदको निमन्त्रणामा महायोगी सिद्धबाबा स्पिरिचुअल एकेडेमी, युकेले पहिलो पटक ब्रिटिश संसदको प्रतिष्ठित मञ्चमा भव्य रूपमा दीपावली उत्सव मनाएको छ ।


ADVERTISEMENT


अनन्तश्री विभूषित जगद्गुरू महायोगी सिद्धबाबा अनन्य कृपापात्र अन्तर्राष्ट्रिय कथा वाचिका चन्द्रकला सखीको नेतृत्वमा भएको यो कार्यक्रममा सहभागीहरूले नेपाली मौलिकतालाई अन्तर्राष्ट्रिय मञ्चमा उठाउँदै नेपाली संस्कृतिको अभूतपूर्व पहिचान प्रस्तुत गर्न सफल भए ।


ADVERTISEMENT

# # #


सखीले युरोप लगायत विभिन्न पश्चिमा मुलुकहरूमा पनि आदिवैदिक सनातन धर्म र भगवान श्रीरामको महिमा प्रचार गर्दै आएकी छन् । सोहि कार्यको निरन्तरता स्वरुप सखीको अगुवाइ, एवं हिमालयन सिद्धमहायोग परिवारको सक्रियतामा भएको यस कार्यक्रमले दीपावली एवं देउसी भैलोको नेपाली संस्कृति विश्वसामु चिनाउन महत्वपूर्ण भूमिका खेलेको छ ।

महायोगी सिद्धबाबा स्पिरिचुअल एकेडेमीका पदाधिकारीहरूले यस अवसरलाई “केवल दीपावलीको उत्सव मात्र नभई, मानव कल्याण, विश्व बन्धुत्व, र सनातन धर्मका वैज्ञानिक सिद्धान्तहरूको व्याख्या गर्दै विश्वसमक्ष महत्वपूर्ण सन्देश प्रवाह गर्ने क्षण” को रूपमा परिभाषित गरेका छन् भने एकेडेमीले यस ऐतिहासिक क्षणलाई सम्भव बनाउने ब्रिटिस संसदप्रति आभार व्यक्त गरेको छ ।