काठमाडौँ – नेपालले आज आइसिसी विश्वकप क्रिकेट लिग–२ त्रिकोणात्मक सिरिजको अन्तिम खेल खेल्दैछ । अमेरिकाको डालसस्थित ग्राण्ड पेरी क्रिकेट रङ्गशालामा नेपालले सिरिजको चौथो अर्थात् अन्तिम खेलमा आज स्कटल्याण्डविरुछ खेल्न लागेको हो ।


ADVERTISEMENT


निरन्तर खराब प्रदर्शनका साथ सिरिजका तीनमध्ये एक खेलमा मात्रै विजयी बनेको नेपालले अन्तिम खेल जित्दै अमेरिका यात्रा सुखद रुपमा टुंग्याउने लक्ष्य राखेको छ । अन्तिम खेल खेलिरहँदा नेपालले अनुभवी बलर करण केसी र युवा ब्याटर भीम सार्कीलाई गुमाउने भएको छ ।


ADVERTISEMENT

# # #


दुवैजना घाइते भएकाले उनीहरुको ठाउँमा देव खनाल र सागर ढकाललाई १५ सदस्यीय टोलीमा समावेश गरिएको नेपाल क्रिकेट संघ क्यानले जनाएको छ । अमेरिकाविरुद्धको खेलमा शनिबार घाइते भएपछि करण केसीले १.२ ओभर मात्रै बलिङ गर्न पाएका थिए । नेपाली टोलीले उनको अभाव महसुस गरेको थियो भने अमेरिकाले त्यसको फाइदा उठाउँदै नेपालविरुछ ५० ओभरमा २८१ रन ठोकेको थियो ।

शनिबार भएको उक्त खेलमा नेपाल अमेरिकासँग ३७ रनले पराजित भएको थियो भने दोस्रो खेलमा स्कटल्याण्डलाई ५ विकेटले हराएको थियो । पहिलो खेलमा भने अमेरिकासँग नेपाल ३ विकेटले हारेको थियो ।

नेपालल लिग–२ मा ११ खेलमा दुईमा जित र आठमा हारसहित पाँच अंकका साथ अङ्कतालिकाको सातौँ स्थानमा छ । त्यस्तै स्कटल्याण्ड १० खेलमा ६ जित र ३ हारसहित १३ अंकका साथ तेस्रो स्थानमा रहेको छ । यस्तै अमेरिका १२ खेलमा ८ जित, ४ हारसहित १६ अंकका साथ शीर्ष स्थानमा रहेको छ भने क्यानडा १२ खेलमा १६ अङ्कका साथ नेटरनरेटका कारण दोस्रो स्थानमा छ ।