काठमाडौँ – नेपाली काँग्रेस परित्याग गरी नेपाली काँग्रेस (वीपी)मा प्रवेश गरेका बालकृष्ण पंगेनी पार्टीको केन्द्रीय सदस्यमा मनोनित भएका छन् । पंगेनीलाई पार्टीका सभापति सुशील मान शेरचनले केन्द्रीय सदस्यमा मनोनित गरेका हुन् ।


ADVERTISEMENT


पार्टीको विधान २०७४ संसोधित विधान २०७८ को धारा १० अनुसार पंगेनीलाई केन्द्रीय सदस्यमा मनोनयन गरिएको सभापति शेरचनले जनाएका छन् । पंगेनीको आगमनपछि पार्टीले आफ्नो उद्धेश्य प्राप्तिको दिशामा ठूलो फड्को मार्न सफल हुने उनको विश्वास छ ।


ADVERTISEMENT

# # #


पंगेनी बहुदलीय व्यवस्थाका लागि पञ्चायतविरुद्ध लडेका नेता हुन् । नेपाली काँग्रेस (बिपी) केन्द्रीय सदस्यमा मनोनित भएपछि पंगेनीले पार्टीलाई नयाँ उचाईंमा पुर्याउन हरदम प्रयास गर्ने प्रतिक्रिया दिए ।