काठमाडौँ– काठमाडौँमा कार्तिक २८ गतेदेखि मंसिर १ गतेसम्म ‘साइबर उत्सव–२०२४’ आयोजना हुने भएको छ ।


ADVERTISEMENT


‘विद्यार्थीहरूद्वारा, विद्यार्थीहरूको लागिः उज्ज्वल भविष्यको लागि नवप्रवर्तन’ भन्ने मूल नाराका साथ हुन लागेको सो कार्यक्रम टेकग’र्खा र गोल्डेनगेट साइन्स एण्ड राबोटिक्स क्लबले आयोजना गर्न लागेको हो ।


ADVERTISEMENT

# # #


यस कार्यक्रमको सहआयोजक ब्रेमी रहेको छ भने हाम्रो पात्रो एप पार्टनर र हाम्रो पे टिेकट पार्टनर रहेको छ । ४ दिनसम्म हुने भनिएको सो कार्यक्रम न्गोल्डेन गेट इन्टरनेशनल कलेज, काठमाडौंमा एति नेपाल म्यानेजमेन्टको व्यवस्थापनमा हुने जनाइएको छ ।

कार्यक्रमको अवधारणा तथा उद्देश्य

आयोजकका अनुसार साइबर उत्सव २०२४ एक प्राविधिक कार्यक्रम हो, जसले कक्षा ९ देखि १२ सम्म अध्ययनरत हाई स्कुलका विद्यार्थीहरू तथा प्राविधिक क्षेत्रमा उत्साहीहरूलाई नवप्रवर्तन, सहयोग र सिकाइमा संलग्न गराउने लक्ष्य राखेको छ । यस कार्यक्रमले युवाहरूलाई आधुनिक प्रविधिहरूको बारेमा सिक्न, नयाँ सीप विकास गर्न र वास्तविक समस्याहरू समाधान गर्नका लागि अवसर प्रदान गर्ने आयोजकले जनाएको छ । यस कार्यक्रमले विद्यार्थीहरूलाई नयाँ प्रविधिहरूसँग व्यावहारिक अनुभवको ज्ञान दिने अपेक्षा राखिएको छ।

टेकगुर्खा भनेको अमेरिकाको क्यालिफोर्नियामा अवस्थित ‘द ह्याक फाउण्डेशन’द्वारा नेपालका इच्छुक युवाहरुलाई प्राविधिक ज्ञान सिकाउने उद्धेश्यले गैह्र नाफामूलक संस्थाको रुपमा स्थापना गरिएको संस्था हो । टेकगुर्खा मार्फत द ह्याक फाउण्डेशनले कोडिङ र प्रविधिमा चासो राख्ने हाई स्कुलस्तरका विद्यार्थीहरूलाई शैक्षिक स्रोतहरू, नेटवर्किङ अवसरहरू र विद्यार्थी-नेतृत्वका पहलकदमीहरूका लागि सहयोग प्रदान गर्दछ । यस आयोजित कार्यक्रममा समेत टेकगुर्खा र द ह्याक फाउण्डेशनको सहयोग रहेको छ ।

मुख्य गतिविधिहरू तथा कार्यक्रमको संरचना

‘साइबर उत्सव २०२४’ मा निम्न मुख्य गतिविधिहरू समावेश गरिनेछ:

१. वेब डेभलपमेन्टको वर्कशप
– ह्याकाथन गराउनु भन्दा अगाडि वेब डेभलपमेन्टमा ज्ञान सुदृढ गर्न विशेष वर्कशप गराइनेछ । यस वर्कशपले वेब डेभलपमेन्टका आधारभूत अवधारणाहरू र प्रविधिहरूको बारेमा जानकारी दिईनेछ।

२. ह्याकाथन
– मुख्य विषय: : वेब डेभलपमेन्ट
सहभागीहरूले वेब डेभलपमेन्टसँग सम्बन्धित वास्तविक समस्याहरू समाधान गर्नका लागि ग्रुपमा काम गर्नेछन् ।
– सहयोग : विभिन्न शैक्षिक संस्थाबाट विद्यार्थीहरू एकअर्कासँग नवप्रवर्द्धनका विचारहरू आदानप्रदान गर्नेछन् ।
– पुरस्कार र सम्मान :उत्कृष्ट परियोजनाहरूले नगद पुरस्कार तथा अवार्ड मार्फत सम्मान प्राप्त गर्नेछन् ।

३. कार्यक्रमको औपचारिकता तथा प्यानल छलफलहरू
– कार्यक्रमको सुरुवात र अन्त्यमा आमन्त्रित व्यक्तित्व एवं प्राविधिक क्षेत्रमा ख्याती प्राप्त विज्ञहरूबाट औपचारिक जानकारी तथा पुरस्कार तथा सम्मान प्रदान गरिनेछ।
– ‘प्रविधिको वर्तमान अवस्था र भविष्यका सम्भावनाहरु’का विषयमा छलफल गरिनेछ।

४. परियोजना प्रदर्शनी
– विद्यार्थीहरूले आफ्ना परियोजनाहरू प्रस्तुत गर्ने अवसर पाउनेछन् ।
– १-४ सदस्यको टोलीले आफ्ना नव विचारहरू प्रस्तुत गर्न प्रतिस्पर्धा गर्नेछन्।

५. नेटवर्किङ अवसरहरू
– प्रदर्शनी स्टलहरू: प्राविधिक कम्पनीहरू र स्टार्टअपहरूले सहभागीहरूसँग संलग्न हुनका लागि स्टलहरू स्थापना गर्नेछन्।
– इन्टरएक्टिभ एवं नेटवर्किङ : विभिन्न शैक्षिक संस्थाका विद्यार्थीहरूलाई एकत्रित गर्नुको साथै विद्यार्थीहरूलाई विभिन्न व्यवसायिक कम्पनी तथा सफल उद्यमीहरूसँग नेटवर्किङका माध्यमबाट साक्षात्कार गराई भविष्यमा अवसरहरू प्रदान गराउन सहयोग गर्नेछ ।

६. अपेक्षित परिणामहरू :
– सहभागीहरूले विभिन्न प्रविधिहरूको बारेमा ज्ञान प्राप्त गर्नेछन्।
– नवप्रवर्तनलाई प्रोत्साहन गर्दै वास्तविक समस्याहरूको समाधानका लागि परियोजनाहरूको विकास गर्न टेवा पुग्नेछ ।
– युवा प्राविधिक उत्साहीहरू बीच सहयोग आदान प्रदान गर्न प्रोत्साहित हुनेछन ।
– नव परियोजनाहरू प्रदर्शन पश्चात अझ सुदृढ र परिस्कृत बनाउनका लागि यो मञ्च सहयोगी बन्नेछ ।
– भविष्यमा आइपर्ने प्रविधिसँग सम्बन्धि चुनौतीहरू सग जुध्न सहभागीहरूको सीप वृद्धि गराउने।
– ओझेलमा परेका परियोजना, प्राविधिक सीप, ज्ञानले उत्कृष्ट अवसरहरु प्राप्त गर्न सहयोग पुग्नेछ ।