पोखरा – सहकारी प्रकरणमा पक्राउ परेका रास्वपा सभापति रवि लामिछानेको समर्थनमा पोखरामा प्रदर्शन भएको छ ।


ADVERTISEMENT


लामिछानेलाई म्याद थपका लागि जिल्ला अदालत कास्कीमा उपस्थित गराउदा लामिछानेका समर्थकहरुले पोखरामा प्रदर्शन गरेका हुन् । प्रदर्शनका क्रममा प्रदर्शनकारीले निषेधीत क्षेत्र तोड्न खोज्दा प्रहरीले हस्तक्षेप गरेको थियो । सो क्रममा प्रहरीले केहि राउण्ड अश्रुग्यास प्रहार गरेको छ भने केहि प्रदर्शनकारीलाई नियन्त्रणमा लिएको छ ।


ADVERTISEMENT

# # #


लामिछानेलाई राजनीतिक प्रतिशोधका आधारमा पक्राउ गरको रास्वाको आरोप छ । लामिछाने पक्राउको विरोधमा ऐकवद्ध हुन आह्वान गर्दै रास्वपाले निरन्तर प्रदर्शन गर्दै आएको छ ।

कास्की प्रहरीले लामिछानेमाथि सहकारी ठगी, संगठित अपराध र सम्पत्ति शुद्धीकरणलगायतमा अनुसन्धान गर्ने भन्दै म्याद थपेर अनुसन्धान गरिरहेको छ । कास्कीमा बयान सकिनेबित्तिकै लामिछानेलाई रुपन्देही लैजाने प्रहरीको तयारी छ ।