बेन बेबिंटन, बीबीसी – अमेरिकामा आज राष्ट्रपतीय निर्वाचन हुँदैछ । बाहिर आएका सबै सर्वेक्षणका अनुसार यो चुनाव यति प्रतिस्पर्धात्मक छ कि एउटा गल्तीले डोनाल्ड ट्रम्प वा कमला ह्यारिसलाई दुई वा तीन अंकको फाइदा दिन सक्छ।
जुन ट्रम्प वा ह्यारिसलाई चुनाव सहजै जित्न यो पर्याप्त हुनेछ।
यदि डोनाल्ड ट्रम्पले राष्ट्रपति चुनाव फेरि जिते भने, अमेरिकाको १३० वर्षको इतिहासमा पछिल्लो चुनावमा हारेका तत्कालीन राष्ट्रपति फेरि राष्ट्रपति बन्ने यो पहिलो पटक हुनेछ।
१. सत्तामा छैनन् डोनाल्ड ट्रम्प
अमेरिकी मतदाताहरूको लागि अर्थव्यवस्था सबैभन्दा ठूलो मुद्दा हो। अमेरिकी जनताले हरेक दिन मुद्रास्फीतिको सामना गरिरहेको बताउँछन् ।
मुद्रास्फीति सन् १९७० को दशकयताकै उच्च स्तरमा पुगेको छ जसले ट्रम्पलाई सोध्न अनुमति दिन्छ, ‘के तपाईं चार वर्षअघिको तुलनामा अहिले राम्रो अवस्थामा हुनुहुन्छ ?’ सन् २०२४ मा विश्वभरका मतदाताहरूले धेरै सत्तारुढ दलहरूलाई सत्ताबाट हटाएका छन्।
कोरोना अवधिपछि जीवनयापनको खर्च बढ्ने जस्ता कारणले मतदाताले यस्तो गरेका हुन् । यस्तो देखिन्छ कि अमेरिकी मतदाताहरू पनि परिवर्तन चाहन्छन्। २६ प्रतिशत अमेरिकीहरू मात्र देशको प्रगतिबाट सन्तुष्ट छन्।
ह्यारिसले आफूलाई परिवर्तनको अनुहारको रूपमा प्रस्तुत गरेकी छिन् तर उनी उपराष्ट्रपति भएकाले त्यसो गर्न गाह्रो भइरहेको छ।
२. डोनाल्ड ट्रम्पमाथि कुनै प्रभाव परेन
तीन वर्षअघि अर्थात् जनवरी ६, २०२१ मा वाशिङटनको क्यापिटल हिलमा भएको दंगा र आपराधिक मुद्दामा परेको कठघरामा उभिनुपरेको अवस्थामा पनि डोनाल्ड ट्रम्पको समर्थन यी सबै वर्षहरुमा ४० प्रतिशत वा सोभन्दा बढी नै रहेको पाइएको छ।
डेमोक्र्याटहरूले डोनाल्ड ट्रम्प राष्ट्रपति बन्न योग्य नभएको बताएका छन् । उही समयमा, अधिकांश रिपब्लिकनहरू ट्रम्पसँग सहमत छन् कि उनी राजनीतिक प्रतिशोधको शिकार भएका छन्।
ट्रम्पले ती मतदाताहरूको सानो भागको भोट जित्न आवश्यक छ जसले अहिलेसम्म आफू कसको पक्षमा छन् भन्ने निर्णय गरेका छैनन्।
३. अवैध आप्रवासीप्रति डोनाल्ड ट्रम्पको कडाई
अर्थतन्त्रको अवस्थाभन्दा बाहिर, चुनावी जीत अक्सर भावनात्मक मुद्दाहरूले पनि निर्धारण गर्ने गर्छ ।
एकातिर डेमोक्र्याटहरुले उनीहरुका लागि उक्त भावनात्मक मुद्दा ‘गर्भपतन’को हुने आशा राखेका छन् भने अर्कोतर्फ ट्रम्पले ‘अध्यागमन’को मुद्दामा बाजी लगाएका छन् ।
जो बाइडेनको शासनमा सीमा क्षेत्रहरूमा मुठभेडहरू रेकर्ड स्तरमा पुगेपछि, सर्वेक्षणहरूले अध्यागमनको मुद्दामा ट्रम्पलाई बढी विश्वास गरेको खुलासा गरेको छ।
४. डोनाल्ड ट्रम्पको अपील
डोनाल्ड ट्रम्पले बिर्सिएका वा पछाडि परेको महसुस गर्ने मतदाताहरूलाई अपील गरेका छन्।
यदि ट्रम्पले ‘स्विङ स्टेटहरू’को ग्रामीण र उपनगरीय भागहरूमा भोटहरू जिते भने उनले कलेज–शिक्षित मानिसहरूको भोट नपाउँदाको नोक्सानको क्षतिपूर्ति गर्न सक्नेछन्।
अमेरिकामा, ‘स्विङ स्टेट’ ती राज्यहरू हुन् जहाँ मतदाताको प्राथमिकता स्पष्ट हुँदैन र यसले चुनावको नतिजालाई प्रभाव पार्न सक्छ।
५. डोनाल्ड ट्रम्पको बलियो पक्ष के हो ?
डोनाल्ड ट्रम्पले कहिले के गर्छन् भन्ने कसैलाई थाहा हुँदैन । ट्रम्प यसलाई आफ्नो बलियो बिन्दु मान्छन्। ‘मेरो राष्ट्रपतिको कार्यकालमा विश्वमा कुनै ठूलो युद्ध सुरु भएको छैन’ भनी उनी भन्छन् ।
धेरै अमेरिकीहरू विभिन्न कारणले क्रुद्ध छन् । जसमध्येको एउटा कारण हो, युक्रेन र इजरायललाई अर्बौं रुपैयाँ सहयोग पठाउनु । धेरै अमेरिकीहरू सोच्छन् कि बाइडेनको सरकारमा देश कमजोर भएको छ।
धेरैजसो मतदाताहरू, विशेष गरी पुरुष मतदाताहरूले ट्रम्पलाई कमला ह्यारिसभन्दा बलियो नेता मान्दछन्।
१. डोनाल्ड ट्रम्प होइनन् कमला ह्यारिस
डोनाल्ड ट्रम्पसँग धेरै फाइदाहरू भए पनि उनी ध्रुवीकरण गर्ने व्यक्तिको रूपमा चिनिन्छन्।
सन् २०२० मा ट्रम्पले रिपब्लिकन पार्टीका उम्मेदवारका रूपमा कीर्तिमानी मत प्राप्त गरे तर उनी हारे । यो किनभने ७० लाख भन्दा बढी अमेरिकीहरू बाइडेनसँग गएका थिए।
यस पटक आफ्नो लागि भोट माग्दै ह्यारिसले ट्रम्पलाई फासिस्ट भनिन् र उनी लोकतन्त्रका लागि खतरा भएको बताइन् । जुलाईमा समाचार एजेन्सी रोयटर्सले गरेको सर्वेक्षणले ५ मध्ये ४अमेरिकीले स्थिति नियन्त्रण बाहिर भएको महसुस गरेको देखाएको छ।
ह्यारिसको आशा छ कि मतदाताहरूले उनलाई देशलाई स्थिर राख्ने उम्मेदवारको रूपमा देख्नेछन् ।

US Vice President and Democratic presidential candidate Kamala Harris speaks during a campaign rally on the Benjamin Franklin Parkway in Philadelphia, Pennsylvania on November 4, 2024. (Photo by ANGELA WEISS / AFP)
२. कमला ह्यारिस जो बिडेन पनि होइनन्
जो बाइडेन चुनावी दौडबाट बाहिरिएपछि डेमोक्र्याटको पराजय निश्चित छ भन्ने विश्वास गरिएको थियो तर ट्रम्पलाई हराउने चाहनाले डेमोक्र्याटलाई ह्यारिसको वरिपरि ल्याइदियो ।
सर्वेक्षणहरूले लगातार देखाउँदै छन् कि मतदाताहरू चिन्तित थिए कि बाइडेन राष्ट्रपति बन्न स्वस्थ छन् कि छैनन्। तर, अब तालिका बदलिएको छ र हिजो बाइडेनलाई वृद्ध भनेका ट्रम्प नै अहिले राष्ट्रपति बन्ने दौडमा सबैभन्दा वृद्ध व्यक्ति बनेका छन्।
३. महिला अधिकारको वकालत गर्दै कमला ह्यारिस
सर्वोच्च अदालतले रो विरुद्ध वेड मुद्दामा फैसला र गर्भपतनको संवैधानिक अधिकारलाई खारेज गरेपछि अमेरिकामा यो पहिलो राष्ट्रपति चुनाव हो।
गर्भपतनको मुद्दामा चिन्तित मतदाताहरूले ह्यारिसलाई समर्थन गर्छन्। सन् २०२२ मा भएको मध्यावधि निर्वाचनले यस मुद्दाले चुनावी नतिजालाई असर पार्न सक्ने देखाएको थियो ।
उनलाई महिला मतदाताहरूमाझ बलियो बनाएको कुराले पनि ह्यारिस पहिलो महिला राष्ट्रपति बन्ने सम्भावनाको संकेत गर्छ ।
४. ह्यारिसको छनोट
कलेज पढेका र वृद्धवृद्धाले भोट हाल्ने सम्भावना बढी छ । यदि यो भयो भने ह्यारिसले साथ पाउन सक्छिन्। त्यही समयमा, ट्रम्पले युवा पुरुषहरू र कलेज डिग्री नभएका मानिसहरूबाट लाभ उठाउने छन् जो ठूलो संख्यामा मतदान गर्नै जाँदैनन्।
उदाहरणका लागि, न्यूयोर्क टाइम्स–सिएना पोलका अनुसार, २०२० मा, ट्रम्पले मतदान गर्न योग्य तर मतदानमा नजानेहरु मध्येबाट नै बढी मत पाए ।
यस्तो अवस्थामा यो प्रश्न उठेको छ कि यो पटक उनीहरु भोट हाल्न आउँछन् वा आउँदैनन् ।
५. कमला ह्यारिस बढी खर्च गर्दै
यो कुनै गोप्य छैन कि अमेरिकी चुनाव महँगो छ। सन् २०२४ को चुनाव अहिलेसम्मकै महँगो चुनाव हुनसक्छ।
फाइनान्सियल टाइम्सको हालैको विश्लेषण अनुसार ह्यारिस चुनावी खर्चमा शीर्ष स्थानमा छन्। ह्यारिसको चुनावी अभियानले ट्रम्पको चुनावी अभियानभन्दा दोब्बर खर्च गरेको छ ।
यसले प्रतिस्पर्धात्मक चुनावमा महत्त्वपूर्ण भूमिका खेल्न सक्छ। स्विङ राज्यहरूमा मतदाताहरूले चुनावको नतिजालाई प्रभाव पार्न सक्छन्। किनकी त्यहाँ राजनीतिक विज्ञापनको चहलपहल छ।