काठमाडौँ– प्रधानमन्त्री केपी शर्मा ओलीको स्वास्थ्यमा सुधार आएको छ ।


ADVERTISEMENT


सामान्य ज्वरो देखिएपछि हिजोदेखि बालुवाटारमै आराम गरिरहेका प्रधानमन्त्री ओलीको स्वास्थ्य अवस्था सुधारोन्मुख रहेको सचिवालयले जनाएको हो ।


ADVERTISEMENT

# # #


सचिवालयले भनेको छ, ‘उहाँको स्वास्थ्य अवस्था सुधारोन्मुख रहेको छ । उहाँको उपचारमा संलग्न चिकित्सकका अनुसार स्वास्थ्य परीक्षणका सबै रिपोर्टहरु सामान्य रहेका छन् ।’

स्वास्थ्यमा समस्या आएपछि प्रधानमन्त्री ओलीले हिजोदेखि अत्यावश्यक बाहेकका सबै भेटवार्ता रद्द गरेका थिए ।