काठमाडौँ – युएईमा आजदेखि सुरु भएको आईसीसी यू–१९ महिला टी–२० विश्वकप क्रिकेट एशिया क्षेत्र छनोटमा नेपालले विजयी सुरुवात गरेको छ । आफ्नो पहिलो खेलमा नेपालले बुधबार थाइल्याण्डलाई ६७ रन पराजित गरेको हो ।


ADVERTISEMENT


दुवईको द सेभेन स्टेडियम क्रिकेट मैदानमा थाइल्याण्डले टस हारेर पहिले पहिले ब्याटिङ गरेको नेपालले निर्धारित २० ओभरमा ६ विकेट गुमाउँदै १०२ रन बनायो । जवाफी ब्याटिङमा उत्रिएको थाइल्याण्ड ११.४ ओभरमा सबै विकेट गुमाउँदै ३५ रनमै समेटिएको हो । थ्याइल्याण्डका लागि कप्तान अफिसारा सुवान्चोङरथीले सर्वाधिक १३ रन बनाउनुबाहेक अन्यले दोहोरो अंक छुन सकेनन् ।


ADVERTISEMENT

# # #


थाइल्याण्डलाई सस्तैमा समेट्नेक्रममा नेपालकी रचना कुमारी चौधरीले शानदार बलिङ गरिन् । उनले ३ ओभरमा १२ रन मात्रै दिएर ४ विकेट चट्काइन् । यस्तै कप्तान रिया शर्मा र कप्तान पूजा महतोले समान २–२ विकेट लिए भने मनिषा कुमारी उपाध्याय र करिश्मा गुरुङले समान १–१ विकेट हात पारे ।

यसअघि नेपालका लागि कप्तान पूजा महतोले सर्वाधिक ३५ रन बनाएपछि नेपालले सम्मानजनक स्कोर बनाएको थियो । सो क्रममा पूजाले ४० बलमा ३ चौका र १ छक्का प्रहार गरिन् ।

यस्तै सोनी पाख्रिनले २५ बलमा १ चौकाको मदतमा १९ रनको योगदान गरिन् । सोनीले तेस्रो विकेटका लागि कप्तान पूजासँग मिलेर महत्वपूर्ण ५२ रनको साझेदारी गरेपछि नेपालले सम्मानजनक स्कोर बनायो । यस्तै सीमा केसीले १९ बलमा २ चौकाको मदतमा नटआउट १९ रन बनाइन् भने अलिसा कुमारी यादव र साबित्रा धामीले समान ७–७ रनको योगदान दिए ।

बलिङतर्फ थाइल्याण्डकी चरुकान सइमाले सर्वाधिक २ विकेट लिइन् भने सुनिका बोङ्कोटफोङ्गाम्पाईले एक विकेट हात पारिन् । नेपालले ३ विकेट रनआउटका रुपमा गुमायो । नेपालले प्रतियोगिताको दोस्रो खेल बिहीबार कुवेतविरुद्ध खेल्नेछ ।

नेपालसहित आयोजक युएई, थाइल्याण्ड र कुवेत गरी ४ राष्ट्र सहभागी प्रतियोगितामा प्रत्येक टोलीले एकअर्कासँग २–२ खेल खेल्नेछन् । प्रतियोगिताको शीर्ष स्थानमा रहने टोलीले आगामी जनवरीमा मलेसियामा हुने आईसीसी यू–१९ महिला टी–२० विश्वकप क्रिकेटका लागि छनोट हुनेछन् ।