काठमाडौँ – नेपाल टेलिकमले कर्पोरेट ग्राहकहरुको मागलाई ध्यानमा राखी मल्टिपल टिभी जडान गर्ने व्यवस्था गरेको छ । यस अन्तर्गत ४ वटा वा सो भन्दा बढी टिभी जडान गर्ने कर्पोरेट ग्राहकहरुले सहुलियत दरमा बेसिक तथा प्रिमियम प्याकेजहरु खरिद गर्न सक्नेछन् ।


ADVERTISEMENT


टेलिकमका अनुसार ४ देखि १० वटा टिभी जडान गर्ने ग्राहकहरुले प्रति सेट टप बक्स २ हजार ९३८ रुपैयाँमा १ वर्ष वारेन्टी सहित खरिद गर्न सक्नेछन् भने ११ वटा भन्दा बढी टिभी जडान गर्ने ग्राहकहरुले प्रति सेट टप बक्स २ हजार ८२५ रुपैयाँमा १ वर्ष वारेन्टी सहित खरिद गर्न सक्नेछन् ।


ADVERTISEMENT

# # #


यस सेवा सम्बन्धी आवश्यक जानकारीका लागि १९८ कल गरेर वा नजिकैको कम्पनीको कार्यालयहरुमा सम्पर्क गर्न सकिने टेलिकमले जनाएको छ ।