हेटौँडा – आफ्नो जन्मदिनको अवसरमा सक्षम गोतामेले हेटौँडास्थित ‘मामाघर नेपाल’लाई सहयोग गरेका छन् । हेटौँडा उपमहानगरपालिका-५ का उनले आफ्नो १३औं जन्मदिनको अवसरमा शुक्रबार मामाघरमा आश्रित बालकहरुका लागि खाद्यान्न लगायतका सामग्री सहयोग गरेका हुन् ।


ADVERTISEMENT


उनले मामाघरका प्रतिनिधिलाई चामल, दाल, नुन, तेल, चिउरा, बिस्कुट लगायतका खाद्यान्न हस्तान्तरण गरे । सहयोग हस्तान्तरण गरेपछि सक्षमले जन्मदिनमा फजुल खर्च गर्नुभन्दा सडक बालकहरुको जीवन सुधार्न केन्द्रीत ‘मामाघर’लाई सहयोग गर्नु राम्रो हुने भएकाले सहयोग गरेको बताए ।


ADVERTISEMENT

# # #


उनले आगामी दिनमा पनि आफ्नो जन्मदिन ‘मामाघर’मा नै साधारण तरिकाले मनाउने जनाए । उनीसँगै जन्मदिन मनाउन उनका हजुरबुबा ओमप्रसाद चौलागाईँ, हजुरआमा सुमिता चौलागाईँ र आमा श्रीजना चौलागाईँ समेत मामाघरमा पुगेका थिए ।