काठमाडौं– प्रधानमन्त्री केपी ओलीले मुलुकमा राजनीतिक स्थायित्व कायम गर्न सबै पक्षको सहयोग जरुरी रहेको बताएका छन् । आज राजधानीमा निर्वाचन आयोगद्वारा आयोजित दोश्रो निर्वाचन दिवसको कार्यक्रमलाई सम्बोधन गर्दै उनले सो कुरा बताएका हुन् ।


ADVERTISEMENT


कार्यक्रमममा बोल्दै प्रधानमन्त्री ओलीले नेपाली जनताको ठूलो बलिदान र संघर्षबाट प्राप्त लोकतन्त्रको जगेर्ना गर्न लोकतान्त्रिक गणतन्त्रको जग सुदृढ बन्दै जान्पर्नेमा जोड दिए । निर्वाचन आयोगले गरेका कामहरुको प्रशंसा गर्दै उनले भने,जनतामा निहित सार्वभौमसत्ताको सुदृढीकरण,लोकतन्त्रको संस्थागत विकास र जनभावना अनुकल शासन व्यवस्था सञ्चालनका लागि निर्वाचन नै मेरुदण्डको रुपमा रहेकोलेआगामी दिनमा स्वच्छ, स्वतन्त्र र विश्वसनीय निर्वाचन सम्पन्न गर्न आयोगको गहन भूमिका रहने हुनाले यस्तो समारोहको गरिमा र आवश्यकता अझ बढेको छ।


ADVERTISEMENT

# # #


उनले यसै वर्ष सम्पन्न निर्वाचनलाई सफलतापूर्वक सम्पन्न गर्ने नेपाल सरकार, निर्वाचन आयोग, राजनीतिक दल, राष्ट्रसेवक, सुरक्षा निकाय, निर्वाचन पर्यवेक्षण निकाय तथा आमसञ्चार जगत सबै धन्यवाद् समेत दिए । प्रधानमन्त्री ओलीले नेपालको संविधान २०७२ जारी भएपछि निर्वाचन आयोगको भूमिका र दायरा अझ बढी व्यापक हुन पुगेको समेत बताए ।