काठमाडौं– वाम गठबन्धनको सरकारमा संघीय समाजवादी फोरम नेपाल सहभागी भइरहेको हल्ला मात्र भएको सो दलका अध्यक्ष उपेन्द्र यादवले बताएका छन् ।


ADVERTISEMENT


‘सविधान संशोधन लगायतका विषयमा एमालेले स्पष्ट नभएसम्म सरकारमा सहभागी हुने कुरा हुँदैन’ अध्यक्ष यादवले भने, ‘नेपालमा जे को पनि हल्ला हुन्छ । तर हामीलाई सरकारमा जाने कुनै हतार छैन ।’


ADVERTISEMENT

# # #


आइतवार साँझ काठमाडौ आइपुगेका यादव अनौपचारिक रुपमा नेताहरुसँग छलफल गरेपनि निष्कर्ष ननिस्केको स्रोतले जनाएको छ ।

यसअघि उपेन्द्र यादव र एमालेका अध्यक्ष एवं प्रधानमन्त्री केपी ओलीको बीचमा छलफल भइसकेको छ । सो छलफलमा एमालेका अध्यक्ष अ‍ोलीले फोरम नेपालका अध्यक्ष उपेन्द्र यादवलाई सरकारमा सहभागी हुन भनेपछि उनले मधेशको मागबारे स्पष्ट हुने भनेका थिए ।

असोजमा वाम गठबन्धन बन्दा फोरम नेपाल पनि सहभागी हुने कुरा थियो । तर, सो गठबन्धन मधेशको मुद्दामा स्पष्ट नभएको भन्दै अन्तिम समयमा आएर फोरम नेपाल पछाडि हटेको थियो । त्यसपछि पनि पटक पटक छलफल भएको । तर, उपेन्द्र यादवको एउटै अडान थियो, त्यो सविधान संशोधन ।

वाम गठबन्धनसँग सहमति नबनेपछि फोरम नेपालले काँग्रेससँग मिलेर लोकतान्त्रिक गठबन्धन बनाउने छलफल गरेको थियो । तर, त्यहाँ सीटमा कुरा नमिलेपछि औपचारिक रुपमा गठबन्धन घोषणा हुन सकेका थिएन् ।

तर, प्रतिनिधि सभा चुनाव काँग्रेससँग ठाउँ ठाउँमा चुनावी तालमेल भएको थियो । त्यसपछि राष्ट्रियसभा चुनावमा राजपा नेपाल, फोरम नेपाल र काँग्रेसको बीचमा औपचारिक रुपमा चुनावी तालेमेल भएको थियो । राष्ट्रियसभा चुनावका लागि सहमति भएको बेलासरकारले नियुक्त गर्ने तीन सीटमा पनि बाँडफाँड गर्ने सहमति भएको थियो ।

तर, तत्कालिन प्रधानमन्त्री शेरबहादुर देउवाले सो सहमति तोड्दै तीनजनाको नियुक्त गरेका थिए ।

तत्कालिन प्रधानमन्त्री देउवाले मनोनय नगरेको तीनजनाको निर्णयलाई ओली सरकारले उल्टाएका छन् । वर्तमान सरकारले तीनजना नयाँलाई मनोनयन गर्ने निर्णय गरेको छ ।