काठमाडौँ– नेपाल विविध सेवाका प्राविधिक कर्मचारीलाई स्वतः बढुवा गरी समायोजन गर्ने सर्वोच्च अदालतको आदेशविरुद्व कर्मचारीहरु सिंहदरबारभित्रै आन्दोलित भएका छन् ।


ADVERTISEMENT


अदालतको आदेशबाट प्रशासन सेवाका समग्र पदहरुमा बढुवाको अवसर खोसिन सक्ने भन्दै उनीहरुले आइतबार संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालय अगाडी विरोध प्रदर्शन गरेका हुन् ।


ADVERTISEMENT

# # #


त्यस्तै प्रतिस्पर्धाका आधारमा सेवा क्षेत्रमा प्रवेश गरेका र वृत्ति विकासको चरणमा रहेका कर्मचारीहरूको न्यायोचित बढुवामा अवरोध पुराउनसक्ने भन्दै उनीहरुले मन्त्रालयको ध्यानाकर्षण गराएका छन् ।

सरकारलाई सर्वोच्चको आदेश कार्यान्वयन नगर्न र फैसलाउपर रिट आदेशको पुनरावलोकनमा जान समेत माग गरिएको शाखा अधिकृत हरिप्रसाद पौडेलले बताए ।

साथै कर्मचारीहरुले निजामती सेवा ऐन र नियमावलीको मर्मअनुसार प्रतिस्पर्धात्मक र न्यायोचित वृत्ति विकास सुनिश्चित गर्न आग्रह गरेका छन् ।

आफ्ना मागका बिषयमा थप दवाव दिनका लागि उनीहरुले संघर्ष समिति नै गठन गरेर आन्दोलन अघि बढाउने तयारी समेत गरेका छन् ।