काठमाडौँ– हवाई भाडा महँगो भएको भन्दै कांग्रेसका प्रतिनिधिसभा सदस्य राजेन्द्र बजगाईले विरोध प्रदर्शन गरेका छन् ।
हवाई भाडा महँगो हुँदा खाडीमा रहेका लाखौ युवाहरुलााई समस्या भएको भन्दै बजगाईले आइतबार काठमाडौंको माइतिघरमा विरोध प्रदर्शन गरेका हुन् । नेपालमा रोजगारको सम्भावना नभएर विदेशीन बाध्य नेपालीहरुलाई महङ्गो भाडा थोपलिएकाले तत्काल हवाई भाडा बृद्धिको निर्णय फिर्ता हुनुपर्ने बजगाइले बताए ।
नेपाली पर्यटन क्षेत्र अस्तव्यस्त भएको अवस्थामा हवाई भाडावृद्विले पर्यटन क्षेत्रमा समेत असर पुग्ने उनको भनाइ छ । बजगाईले हवाई भाडावृद्धि फिर्ता गराउनका लागि पर्यटन मन्त्रीलाई समेत आग्रह गरेको उल्लेख गरे ।
हवाई भाडावृद्धि भएपछि नेपाल नागरिक उड्डयन प्राधिकरणले हवाई भाडा नियन्त्रणका लागि सरोकारवाला पक्षसँग पाँच बुँदे सहमति समेत गरिसकेको छ ।