काठमाडौँ – नेपाल क्रिकेट संघ (क्यान)का सचिव पारस खड्काले नेपाल प्रिमियर लिग (एनपीएल)को दोस्रो संस्करण फ्लड लाइटमा खेलाउने लक्ष्य रहेको बताएका छन् ।


ADVERTISEMENT


क्यानको स्वामित्वमा सञ्चालन हुने आगमी नोभेम्बर ३० देखि सुरु हुने एनपीएलको पहिलो संस्करणबारे सोमबार मिडियासँगको कुराकानीका क्रममा सचिव पारसले पूर्वाधार निर्माण भएको खण्डमा अर्को संस्करण राती खेल्न मिल्न पाइने आशा व्यक्त गरेका हुन् ।


ADVERTISEMENT

# # #


‘हामीलाई सबैभन्दा ठूलो चुनौती भनेको पूर्वाधारको हो । यसपटक हामीले एनपीएलका लागि आफ्नै लगानीमा पनि पूर्वाधामा केही परिवर्तन ल्याउन खोजिरहेका छौँ ।’ उनले भने, ‘हामी एनपीएलको दोस्रो संस्करण हाम्रो इच्छा भनेको फ्ड लाइटमै गर्ने हो ।’

त्रिवि क्रिकेट मैदानमा फ्लड लाइट राख्नका लागि सरकारी संयन्त्रहरु निरन्तर लागिरहेकाले एनपीएलको अर्को संस्करणका उक्त काम पूरा भइसक्ने उनले विश्वास व्यक्त गरे । साथै उनले सीमित स्रोत साधनका बाबजुद क्यानले उत्कृष्ट तयारी गरिरहेको बताए । प्रतियोगिता सुरु हुन १९ दिन बाँकी रहेकाले मैदानमा प्रावधान र सेवासुविधा थप्ने काम तीव्र रुपमा अघि बढेको उनको भनाई छ ।

एनपीएल नेपालले आयोजना गर्न लागेको घरेलू र अन्तर्राष्ट्रिय स्तरकै ठूलो प्रतियोगिता हुने सचिवले बताए । एनपीएललाई एशोसिएट्स् देशकै सबैभन्दा ठूलो टी–२० फ्रेन्चाइज्ड लिग बनाउने लक्ष्य रहेको सुनाउँदै उनले त्यसका लागि सबै क्षेत्रले सकारात्मक रुपमा लिएर सहयोग गरिरहेको जनाए ।

यस्तै उनले प्रतियोगितामा फिक्सन हुन नदिन आईसीसी र नेपाल प्रहरीको समन्वयमा बलियो संयन्त्र बनाएको जानकारी दिए ।