काठमाडौँ – नयाँ सरकारले देउवा प्रधानमन्त्रीकालमा गरेका सिफारिस उल्टाएपछि कानुनी उपचारका लागि काँग्रेस अदालत जाने सक्ने पूर्वमन्त्री मिन विश्वकर्माले वताएका छन् ।


ADVERTISEMENT


सरकारको निर्णय असंवैधानिक र अराजनीतिक भएको विश्वकर्माले वताए । संवैधानिक रुपमा सरकारलाई अप्ठ्यारो परेको वेलामा निर्णय उल्टन सक्ने वताँउदै विश्वकर्माले भने ‘अहिले सरकारलाई कुन कारणले निर्णय उल्टाउन पर्यो ?’


ADVERTISEMENT

# # #


‘देउवा सरकारले तोकेका प्रदेश प्रमुख तथा प्रदेश मुकामहरु वर्तमान सरकारले स्विकारेको छ ’ उनले भने ‘ राष्ट्रिय सभालाई पूर्णता दिन गत सरकारले सिफारिस गर्नैपर्ने प्रावधान थियो । यसरी निर्णय उल्टाउँदै जाने हो भने निर्वाचन पनि उल्टाउनुपर्छ ।’

पूर्व वाणिज्य मन्त्री समेत रहेका विश्वकर्माले रिट दायरका विषयमा दलमा छलफल हुने बताए ।

सरकारले राष्ट्रिय सभा सदस्यका लागि युवराज खतिवडा,रामनारायण विडारी र विमला पौडेललाई सिफारिस गरेको थियो । जसलाई राष्ट्रपति कार्यालयले नियुक्त गरिसकेको छ ।

देउवा सरकारले भने गोपाल वस्नेत, चाँदनी जोशी र कृष्ण प्रसाद पौडेललाई सिफारिस गरेको थियो । जसलाई राष्ट्रपति कार्यालयले रोकेर राखेको थियो ।