काठमाडौं – भारतकी प्राध्यापक माधुरी सुखिजाले नेपाल र भारतबीच सांस्कृतिक, शैक्षिक, खेलकूद जस्ता सम्बन्धलाई संस्थागत गर्नुपर्नेमा जोड दिइएकी छिन् ।

नेपाल भारत नीति संवादमा आइतबार बोदै संयुक्त शैक्षिक कार्यक्रमहरु बनाएर जानुपर्ने बताइन् । काठमाडौं विश्वविद्यालयका लागि आइसीसीआर प्रमुख समेत रहेकी प्राध्यापक सुखिजाले शिक्षा र खेलकूदका क्षेत्रमा भइरहेका सहकार्यहरुले सम्बन्धलाई अझ प्रगाढ बनाएको उनको भनाई छ । उनले विश्वमा आएको प्रविधिको तिव्र विकासले नेपाल र भारतबीचको नयाँ पुस्तामा सम्बन्धलाई सुदृढीकरणका लागि नयाँ नीतिहरु आवश्यक देखिएको बताइन् । उनले भनिन्, ‘परिवर्तित अवस्थामा विरासतले मात्र पुग्दैन, नयाँ नीतिहरु बनाएर सम्बन्धलाई सुदृढ गर्नुपर्छ ।‘


ADVERTISEMENT

# #


भारतको मौलाना अबुल कलाम आजाद इन्स्टिच्युट अफ एशियन स्टडिजका निर्देशक प्राध्यापक सरुप प्रसाद घोषले दुवै देशले युवाहरुमारोजगारी र दक्षतामा ध्यान दिनुपर्ने बताए । भारतको वर्तमान सरकार दक्षता अभिवृद्धिमा केन्दित भएको तर ब्रेन ड्रेन र बसाईँसराईँको चुनौती बढेको बताए । सामाजिक क्षेत्रमा आएका समस्याले युवा पुस्तामा आएका नकारात्मक असर अन्तका लागि नीति बनाएर बढ्नुपर्नेमा जोड दिए ।

भारतको विद्यान गँगा बेसिन फाउण्डेशनअफ रिसर्च एण्ड सस्टेनेबल पोलिसीका निर्देशक आनन्दकुमार श्रीवास्तवले नेपाल र भारतसँग ४० प्रतिशतभन्दा बढी युवा जनसंख्या रहेकोले त्यसबाट प्रचुर लाभ लिन सक्नुपर्ने बताए । युवाहरुमा आएको ब्रेन ड्रेनको चुनौती दुवै देशको चुनौती भएकाले मिलेर सामना गर्नुपर्ने बताए । नेपालमा स्थिर सरकार भएकाले भारतले मिलेर काम गर्ने सहज वातावरण विकासभएको बताए । दुवै देशले साथ साथ मिलेर काम गर्न सकिने र भारत त्यसका लागि तत्पर रहेको उनको भनाई थियो । नेपालको अर्गानिक उत्पादनले भारतमा बजार पाउनसक्ने र युवालाई त्यस दिशातर्फ लगाउन सुझाव दिए ।


ADVERTISEMENT

#
#


इन्डिया फाउण्डेशनकी रमि निरञ्जन देसाईले नेपाल र भारतबीच सांस्कृति सम्बन्धको पुनः परिभाषा जरुरी रहेको बताए । उनले नयाँ पुस्तामा देखिएको नयाँ सोच र आकांक्षाले दुवै देशका युवालाई प्रभावित बनाइरहेको सन्दर्भमा नीतिहरुमा पनि आवश्यकता अनुसारको परिवर्तनमा जोड दिए ।

शोधकर्ता अशोक राई प्यासीले पुस्तान्तरणका क्रममा संस्कृतिको पनि हस्तान्तरण हुने भएकाले युवाहरुमा आफ्नो संस्कृतिबारे जानकार बनाउनुपर्ने बताए । उनले युवाहरुलाई सृजनशील र दक्ष बनाउन नेपाल र भारतले मिलेर कार्य गर्न सक्ने उनको भनाई थियो । कार्यक्रमको संचालन भारतको केन्द्रीय संस्कृत विश्वविद्यालयका प्राध्यापक श्रीनिवास बरखेडीले गरेका थिए ।