काठमाडौँ – रवि लामिछानेको पक्राउको विरोध गर्दै रास्वपाले बिहीबार पनि रुपन्देहीको भैरहवामा प्रदर्शन गरेका छन् ।
रास्वपा कार्यकर्ताहरुले बिभिन्न स्थानबाट मोटरसाइकल र्याली गर्दै जिल्ला सरकारी वकील कार्यालय रुपन्देही नजिक पुगेर विरोध प्रदर्शन गरेका हुन् ।
पार्टी सभापति रवि लामिछानेविरुद्ध राजनीतिक प्रतिशोध साँध्न खोजिएको उनीहरुको आरोप छ । प्रदर्शनकारीहरुले दोषी समाउ सरकार, दोषी चस्माले हेरेर होइन, राजनीतिक प्रतिशोधको खेल बन्द गर, सत्ताको दुरुपयोग बन्द गर लगाएका प्लेकार्ड प्रदर्शन गरेका थिए ।
जिल्ला सरकारी वकील कार्यालय नजिक प्रदर्शन भएपछि ठूलो संख्यामा प्रहरी परिचालन गरिएको थियो । सहकारी ठगी, संगठित अपराध तथा सम्पत्ति शुद्धिकरणको मुद्दामा पक्राउ परेका सभापतिलाई मंगलबार पोखराबाट भैरहवा पुर्याइएको थियो ।



























































