काठमाडौँ– काठमाडौँ महानगरपालिकाका प्रहरीले गौशालाको अतिक्रमित संरचनामाथि डोजर चलाएको छ।


ADVERTISEMENT


आज दिउँसो डोजरसहित पुगेको नगरप्रहरी बलले चक्रपथ सडक सीमाभित्र बनाइएको संरचनाहरुमा डोजर चलाएको हो।


ADVERTISEMENT

# # #


यसअघि पनि उक्त क्षेत्रमा नगरप्रहरीले डोजर चलाएको थियो । तर स्थानीयहरुले अटेर गरेर अतिक्रमित गरि बनाइएका घरटहरामा पसल, टिकट काउण्टर चलाउँदै आएको थियो ।

स्थानीयले उक्त संरचना हटाउन अटेर गरेपछि महानगरले आज डोजर लगाएर भत्काएको हो । यसअघि बिहानै डोजर लिएर गौशाला क्षेत्र पुगेको महानगरको टोलीमाथि स्थानीयले अवरोध गरेका थिए ।