विराटनगर– तस्बिर खिच्ने क्रममा आज बिहान सोलुखम्बुमा एक विदेशी नागरिकको मृत्यु भएको छ ।


ADVERTISEMENT


स्वीट्जरल्यान्डका ७२ वर्षीय ज्याक्युसन एरिक मोर्जाएरको मृत्यु भएको इलाका प्रहरी लुक्लालाई उद्धत गर्दै पूर्व क्षेत्रीय प्रहरी कार्यालय, विराटनगरले जनाएको छ । उनी पासाङल्हामु गाउँपालिका–२ स्थित लुक्ला आधारभूत विद्यालयमा अभिभावक दिवस तथा परीक्षाफल कार्यक्रममा सहभागी भएका थिए ।


ADVERTISEMENT

# # #


सो अवसरमा तस्बिर खिच्ने क्रममा अचानक लडेपछि उनलाई टाउकोमा चोट लागेको थियो । गम्भीर अवस्थामा मोर्जाएरलाई पासाङल्हामु निकी अस्पताल लुक्लामा उपचारको क्रममा मृत्यु भएको हो । उक्त विद्यालयको उनी सहयोगी दातासमेत थिए।