किर्तिपुर – १६ मंसिरमा हुने स्थानिय तह उपनिर्वाचनका लागि कीर्तिपुर नगरपालिकामा राजनीतिक दल तथा स्वतन्त्र उम्मेदवारले मनोनयन दर्ता गराउन थालेका छन् ।


ADVERTISEMENT


हाल त्यहाँ उम्मेदवार दर्ता गराउन विभिन्न दलका उम्मेद्वार तथा उनीहरुका समर्थकहरुको बाक्लो उपस्थिती देखिएको छ । नेकपा एमाले, राप्रपा, नेपाल मजदुर किसान पार्टी लगायतका दलका उम्मेदवार मनोनयन दर्ता गराउन निर्वाचन अधिकृतको कार्यालय पुगेका छन् ।


ADVERTISEMENT

# # #


यसका साथै नवरथ कुमार बानियाँ र दिनेशकुमार अधिकारीले स्वतन्त्रबाट मेयरमा उम्मेदवारी दिएका छन् । बाबुराम भट्टराईको नेपाल समाजवादी नयाँ शक्ति पार्टीले भने दिलकुमार महर्जनलाई उठाएका छन् । नेमकिपाले श्रीकृष्ण महर्जनलाई अघि सारेको छ भने राप्रपाका तर्फबाट ध्रुव महर्जन चुनावी मैदानमा भिड्दैँछन् ।

जसपाले तेस्रो लिंगी दीपक महर्जन (हनि) लाई अघि सारेको छ । यस्तै, सरकार नेतृत्वको एमालेले उम्मेदवार डा. सुरेन्द्र मानन्धरलाई उठाएका भने सरकार प्रमुख प्रतिपक्ष नेकपा माओवादी केन्द्रबाट प्रा.डा. शिवशरण महर्जनले उम्मेद्वारी दिएका छन् । यहाँ अब नेपाली कांग्रेसका उम्मेदवारको मात्र मनोनयन दर्ता गर्न बाँकी रहेको बुझिएको छ ।