काठमाडौँ – राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले मंसिर ८ गतेदेखि नयाँ चरणको आन्दोलन गर्ने घोषणा गरेको छ ।


ADVERTISEMENT


आइतबार काठमाडौंमा पत्रकार सम्मेलन गर्दै रास्वपाले आफ्ना सभापति रवि लामिछानेलाई राजनीतिक प्रतिशोधका आधारमा हिरासतमा राख्ने काम भएको भन्दै दोस्रो चरणको आन्दोलनको घोषणा गरेको हो ।


ADVERTISEMENT

# # #


पार्टी सभापतिका साथै समसामयिक जनजिविकाका विषयमा प्रधानमन्त्रीलाई मागपत्र बुझाउन खोज्दा पनि प्रधानमन्त्रीले समय उपलब्ध नगराएका कारण दोस्रो चरणको आन्दोलन घोषणा गर्नुपरेको रास्वपाले जनाएको छ ।

पत्रकार सम्मेलनमा रास्वपा कार्यवहाक प्रवक्ता मनिष झाले आन्दोलनका एजेण्डा सुनाउदै सभापति रवि लामिछानेलाई हिरासतबाहिर राखेर अनुसन्धान गर्न माग गरे ।

त्यस्तै उनले सहकारी पीडित र मिटरब्याज पीडितलाई न्याय दिनुपर्ने, उच्च ओहदामा रहेका सबैको सम्पत्ति छानबिन गरी सार्वजनिक गर्नुपर्ने माग रहेको बताए ।

भ्रष्टाचार काण्डको न्यायिक छानबिन गर्न स्वतन्त्र न्यायिक आयोग गठन गर्नुपर्ने, संविधान परिमार्जनका लागि सर्वपक्षीय सम्मेलन आयोजना लगाएतका एजेण्डा आफुहरुको रहेको झाले बताए ।

झाले सहकारीमा ठगिएको ८७ अर्ब रुपैयाँमध्ये केहिमात्रै आम नागरिकको भएको र धेरै रकम जम्मा गर्नेहरु राजनीतिक भ्रष्टाचारी भएको आरोप लगाए । त्यस्तै उनले पहिलो र दाश्रो मिलेर बनेर बनेको सरकारले देश र जनताका लागि केही काम गर्न नसकेको आरोप समेत लगाए ।

रास्वपाले उपनिर्वाचनको मनोनयनमा आफ्ना पार्टीका उम्मेदवारहरुमाथि आक्रमणको प्रयास भएकाले उपनिर्वाचन निष्पक्ष हुनेमा आशंका जनाएको छ ।