काठमाडौँ – नेपाल प्रिमियर लिग(एनपिएल) को टोली विराटनगर किङ्सले अभिनेता दयाहाङ राईलाई गुडविल एम्बासडर बनाएको छ ।
आइतबार काठमाडौंमा एक कार्यक्रमको आयोजना गर्दै विराटनगर किङ्सले राईलाई गुडविल एम्बासडर घोषणा गरेको हो । गुडविल एम्बासडरमा नियुक्त भएपछि अभिनेता राईले क्रिकेटले नेपाली समाजलाई जोड्न सफल भएको भन्दै आफुलाई नियुक्त गरेकोमा धन्यवाद दिए । उनले खेलले मानिसलाई धैर्यता सिकाउने भएकाले आफुलाई यस क्षेत्र मन पर्ने बताए ।
कार्यक्रममा क्यानका सचिव पारस खड्काले एनपिएलले नेपाली क्रिकेटलाई धेरै माथि उठाउने बताए । उनले छिटै लिगको खेलतालिका सार्वजनिक गर्ने जानकारी दिए ।
विराटनगरमा सन्दीप लामिछाने मार्की खेलाडी रहेका भने आयरल्याण्डका पुर्व क्रिकेटर केबिन ओब्राइन विराटनगरको मुख्य प्रशिक्षक रहेका छन् । क्यानको आयोजनामा मंसिर १५ गतेदेखि पुस ६ गतेसम्म पहिलो संस्करणको एनपिएल आयोजना हुँदैछ ।



























































