काठमाडौँ – गरिमा विकास बैंक लिमिटेडले आफ्नो १८औं वार्षिकोत्सवको अवसरमा मंसिर ८ गते (शनिवार) रोड रेस प्रतिस्पर्धा आयोजना गर्ने भएको छ ।


ADVERTISEMENT


विकास बैंकले खुल्लातर्फ १० किलोमिटर र कर्पोरेट तर्फ ५ किलोमिटर दुरीको ‘रोड रेस प्रतिस्पर्धा–२०८१’ आयोजना गर्न लागेको हो । दुवै विधा अन्तर्गत महिला र पुरुषतर्फ गरी कुल चारवटा प्रतिस्पर्धा हुनेछन् ।


ADVERTISEMENT

# # #


खुल्लातर्फको १० किलोमिटर ‘रोड रेस प्रतिस्पर्धा–२०८१’ मा इच्छुक व्यक्तिले प्रतिस्पर्धामा सहभागिता जनाउन सक्नेछन् । यस्तै कर्पोरेट तर्फको ५ किलोमिटर ‘रोड रेस प्रतिस्पर्धा–२०८१’ मा संघ संस्थाका कर्मचारी तथा पदाधिकारीहरुले मात्र सहभागिता जनाउन सक्ने विकास बैँकले जनाएको छ ।

गरिमा ‘रोड रेस प्रतिस्पर्धा–२०८१’ को महिला र पुरुषतर्फको गरी चारवटै प्रतिश्पर्धामा प्रथम, दोश्रो, तेस्रो, चौथो र पाँचौ स्थान हाँसिल गर्ने प्रतिस्पर्धीहरुलाई क्रमशः ७५ हजार, ६० हजार, ४५ हजार, ३० हजार र १५ हजार रुपैयाँ नगद पुरस्कार प्रदान गरिने छ ।

न्बचष्mब रोड रेस प्रतिस्पर्धा प्रतिस्पर्धामा सहभागिता जनाउन इच्छुक व्यक्तिले मंसिर ५ गतेसम्ममा विकास बैंकको आधिकारिक वेभसाईट www.garimabank.com.np तथा आधिकारिक फेसबुक पेजमा वा विकास बैंकको केन्द्रीय कार्यालय लाजिम्पाट काठमाण्डौंमा सम्पर्क गरी नाम दर्ता गराउन सकिनेछ । निर्धारित सहभागी संख्या पुरा भएको अवस्थामा विकास बैंकले नाम दर्ता प्रक्रिया बन्द गर्न सक्नेछ । साथै, प्रत्येक बर्ष यस किसिमको प्रतिस्पर्धा आयोजना गर्ने विकास बैंकको योजना रहेको छ ।

२०८१ मंसिर ७ गते १८औं वार्षिकोत्सव मनाउन गईरहेको विकास बैंकले सो अवसरमा काठमाण्डौंमा गरिमा ‘रोड रेस प्रतिस्पर्धा–२०८१’ सहित देशभर १८ वटा फरक–फरक कार्यक्रहरु समेत आयोजना गरिने विकास बैँकले जनाएको छ । विकास बैंकले विगत केही वर्षयता आफ्नो वार्षिकोत्सव कार्यक्रममा देशका सातवटै प्रदेशमा संस्थागत सामाजिक उत्तरदायित्वमुलक कार्यक्रहरुसंगै अन्य विभिन्न कार्यक्रमहरु आयोजना गरी वार्षिकोत्सव मनाउँदै आईरहेको छ ।

काठमाडौंको लाजिम्पाटमा केन्द्रीय कार्यालय रहेको गरिमा विकास बैंक लिमिटेडले काठमाडौं उपत्यकाभित्र २२ सहित देशभर १२३ शाखा कार्यालय, १ एक्सटेन्सन काउण्टर र ५० वटा एटीएम मार्फत ग्राहकहरुलार्ई सेवा प्रदान गर्दै आईरहेको छ ।