काठमाडौ– राष्ट्रिय कृषि कम्पनी नेपाल लिमिटेडले विभिन्न पदमा कर्मचारीहरुको माग गरेको छ ।


ADVERTISEMENT


आजको अन्नपुर्ण पोस्ट राष्ट्रिय दैनिकमा आवश्यकताको विज्ञापन प्रकाशित गरेर राष्ट्रिय कृषि कम्पनी नेपाल लिमिटेडले १६१ जना भन्दा बढी कर्मचारी माग गरेको हो ।


ADVERTISEMENT

# # #


कम्पनीले केन्द्रीय कार्यालय मध्यपुर थिमि भक्तपुर तथा देशका विभिन्न जिल्लामा संचालनमा आउन लागेका शाखा कार्यालयहरुका लागी फुल टाइम र पार्ट टाइम गरि कर्मचारीको माग गरिएको जनाएको छ ।

तोकिएको योग्यता पुगेका व्यक्तिहरूले कम्पनीले माग गरेको पदमा आवेदन पेश गर्न सक्नेछन। साथै कम्पनीले jobs.talentconnects.co  वेवसाइट मार्फत आवेदन पेश गर्न सक्ने व्यवस्था मिलाइएको बताएको छ ।

इच्छुक उमेद्वारले २०८१ पौष १ गतेभित्र आवेदन पेश गरि सक्नुपर्नेछ भने आवेदन पेश गर्दा कुनै शुल्क लाग्ने छैन । कम्पनीले वैदेशिक रोजगारीमा रहेका र फर्केका ब्यक्तीहरुलाइ लक्षित गर्दै २५ प्रतिशत आरक्षणको ब्यवस्था समेत गरेको छ ।

हेर्नुहोस् कम्पनीले आह्वान गरेको विज्ञापन