काठमाडौँ– पूर्वसभामुख दमननाथ ढुङ्गानाको पार्थिव शरीर अन्तिम बिदाईका लागि ज्ञानेश्वरस्थित सानो गौचरणमा राखिएको छ ।
श्रद्धाञ्जली दिन पुगेका प्रधानमन्त्री केपी शर्मा ओलीले राष्ट्रिय झण्डा ओढाएर सम्मानसहित श्रद्धाञ्जली प्रकट गरे । पूर्वसभामुख ढुङ्गाना नेपालको संसदीय अभ्यासमा बेग्लै पहिचान र मान्यता राख्ने बहुआयामिक व्यक्तित्व भएको ओलीको भनाई छ ।
‘नेपालको संसदीय अभ्यासमा बेग्लै प्रभाव छाड्न सफल भएकाले उहाँले देखाएको बाटोमा हिँड्न सक्नुपर्ने आवश्यकता छ’, उनले भने ।
स्व. ढुङ्गानाको अन्तिम बिदाईका लागि नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवादेखि उपसभामुख इन्दिरा राना एवम् प्रधानसेनापति अशोकराज सिग्देलसम्म सानो गौचरण पुगेका छन् ।
हेर्नुहोस् श्रद्धाञ्जलिका झलक तस्बिरमा






































































