काठमाडौँ – जिल्ला अदालत काडमाडौँले मेडिकल व्यवसायी दुर्गा प्रसाईलाई ५ दिन हिरासतमा राख्न जिल्ला प्रहरी कार्यालय काठमाडौँलाई अनुमति दिएको छ । बुधबार न्यायाधीश माधवप्रसाद अधिकारीको इजलासले प्रसाईंलाई पाँच दिन थुनामा राखेर अनुसन्धान गर्न अनुमति दिएको हो ।


ADVERTISEMENT


प्रहरीले विद्युतीय अपराध नियन्त्रण ऐन, २०६३ विपरीतको कसुर गरेको भन्दै प्रहरीले प्रसाईलाई मंगलबार भक्तपुरस्थित उनकै निवासबाट पक्राउ गरेको थियो । उनलाई मंगलबार बिहान अदालतमा उपस्थित गराइएको हो ।


ADVERTISEMENT

# # #


प्रसाईले प्रधानमन्त्री केपी शर्माओलीको कम्बोडियामा रहेको एक्जिएटा कम्पनीमा लगानी रहेको जिकिर गर्दै कागजात सार्वजनिक गरेका थिए । तर, प्रहीले नक्कली कागजात देखाएर गलत प्रचारबाजी गरेको भन्दै पक्राउ गरेको हो ।