काठमाडौँ – नेपाल क्रिकेट संघ (क्यान) को आयोजनामा मंसिर १५ गतेदेखि सुरु हुने नेपाल प्रिमियर लिग (एनपिएल) मा उत्कृष्ट प्रदर्शन गर्ने नेपाली खेलाडीले कार प्राप्त गर्ने भएका छन् ।


ADVERTISEMENT


ओमोडा एन्ड जेइकोले एनपीएलको पहिलो संस्करणमा सहप्रायोजकको रुपमा साझेदारी गरेसंगै उत्कृष्ट प्रदर्शन गर्ने नेपाली खेलाडीले कार प्राप्त गर्ने भएका हुन् । एनपिएलको व्यावसायिक अधिकार व्यवस्थापन गरिरहेको ब्रान्ड लजिक र क्यानको संयुक्त पहलमा मंगलबार सो सम्बन्धी सम्झौता गरिएको हो ।


ADVERTISEMENT

# # #


सम्झौतापत्रमा ब्रान्ड डिजिटल लजिक प्रा.लि.का प्रमुख कार्यकारी अधिकृत रोशन निरौला र शारडा समूह अन्तर्गतको एसपिजि अटोमोबाइल्सका निर्देशक गौरव शारडाले हस्ताक्षर गरे । एसपिजि अटोमोबाइल्स, ओमोडा एन्ड जेइको अटोमोबाइल्सको नेपालको आधिकारिक बिक्रेता हो ।

कार्यक्रममा क्यानका सचिव पारस खड्काले एनपीएलको फाइनलको दिन प्रतियोगितामा उत्कृष्ट प्रदर्शन गर्ने नेपाली खेलाडीले गाडी पाउने जानकारी दिए । अहिलेका लागि एक वर्षका लागि सम्झौता गरेपनि आगामी दिनमा पनि यसले निरन्तरता पाउने उनले बताए ।

एनपीएलको पहिलो संस्करणमा ८ टिमबीच प्रतिस्पर्धा हुनेछ । एनपीएल मंसिर १५ देखि पुष ६ सम्म कीर्तिपुरस्थित त्रिभुवन विश्वविद्यालय क्रिकेट मैदानमा आयोजना हुनेछ ।