काठमाडौँ– मेडिकल व्यवसायी दुर्गा प्रसाईँलाई विनाकारण थुनामा राखेको भन्दै उनका समर्थकले काठमाडौंमा विरोध जनाएका छन् ।


ADVERTISEMENT


ठोस प्रमाणबिना प्रसाईँलाई थुन्ने काम भएको भन्दै उनका समर्थकहरुले बुधबार काठमाडौंको माइतिघरमा सडकमा सुतेर विरोध जनाएका हुन् ।


ADVERTISEMENT

# # #


प्रदर्शनमा सहभागीहरुले दुर्गा प्रसाइको जिवन रक्षा गर, दुर्गा प्रसाइको स्वास्थ्य अवस्था सार्वजनिक गर, कम्बोडिका कालो धन छानविन गर, मानवअधिकारको रक्षा गर लगाएका प्लेकार्ड प्रदर्शन गरेका थिए ।

प्रहरीले प्रसाईँलाई मंसिर ४ मा पक्राउ गरेर प्रहरीले विद्युतीय कारोबार ऐनमा अनुसन्धान गरिरहेको छ । प्रसाईँले सर्वोच्चमा बन्दी प्रत्यक्षीकरणको रिट समेत दर्ता गराएका छन् ।