काठमाडौं-प्रहरीले रेडपाण्डाको छाला विक्री वितरणमा संलग्न दुई जनालाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा संखुवासभा नुनडाकी गाविस घर भइ हाल कपन बस्दै आएका २१ वर्षीय पेम्वा तामाङ र बाग्लुङको ग्वालीचौर–२ घर भइ नेपालटार बस्दै आएका २२ वर्षीय किरण केसी छन् ।


ADVERTISEMENT


प्रहरी सहायक निरीक्षक सागर थापाको नेतृत्वमा खेटिएको प्रहरी टोलीले खोजतलास गर्दा गोकर्णेश्वर–८, अत्तरखेलबाट उनीहरुलाई एक थान रेडपाण्डाको छालासहित नियन्त्रणमा लिएको हो ।


ADVERTISEMENT

# # #


उनीहरुमाथि महानगरीय प्रहरी वृत, दरबारमार्गबाट थप अनुसन्धान भइरहेको प्रहरी परिसर काठमाडौंले जनाएको छ ।