काठमाडौँ – परराष्ट्रमन्त्री आरजु राणा देउवा चीन प्रस्थान गरेकी छन् । प्रधानमन्त्री केपी शर्मा ओलीको मंसिर १७ देखि हुने चीन भ्रमणको तयारीका लागि परराष्ट्रमन्त्री राणा बिहीबार त्यसतर्फ प्रस्थान गरेकी हुन् ।
चीन प्रस्थान गर्नुअघि त्रिभुवन बिमानस्थलमा सञ्चारकर्मीसंग संक्षिप्त कुरा गर्दै मन्त्री राणाले बीआरआईमा दलहरुबीच कुनै मतभिन्नता नरहेको र मिडियाले विवाद सिर्जना गरेको बताइन् ।
उनले परराष्ट्र नीतिमा दुई देशीय सम्झौता नेगोसियसनमा हुने भन्दै त्यही अनुसार नै बीआरआइका विषयमा निर्णय लिक्ष्ने जिकिर गरिन् । भ्रमणका क्रममा मन्त्री डा राणाले चिनियाँ विदेशमन्त्री वाङ यीसँग द्विपक्षीय भेटवार्ता गर्ने कार्यक्रम रहेको छ ।