काठमाडौं-झापाको अर्जुनधारामा एक घरमा आगलागि हुँदा दश लाख बराबरको क्षति भएको छ । अर्जुनधारा–१० का रमेश ओझाको घरमा बुधबार साँझ आगलागी भएको हो ।


ADVERTISEMENT


ओझाको घर नजिकै रहेको गोठमा पुराणमा आउने भक्तजनहरुका लागि खानेकुरा बनाउने क्रमममा अचानक आगलागी भएको बताइएको छ । आगलागीका कारण ओझाको काठले बनेको गोठ, गोठमा राखिएका पुराणको सामाग्री, भाडावर्तन जल्दा करिब दश लाख बराबरको क्षति भएको प्रहरीले बताएको छ ।


ADVERTISEMENT

# # #


बुधबार साँझ ६ बजे लागेको आगो प्रहरी चौकी शनिश्चरेबाट खटिएको प्रहरी र दमक नगरपालिकाको बारुणयन्त्रको सहयोगमा करिब दुई घण्टा पछि नियन्त्रणमा आएको थियो ।