काठमाडौँ – नेकपा (एमाले) का महासचिव शंकर पोखरेलले मुलुकलाई अघि बढाउन धेरै राजनीतिक दलहरु नभइ बलियो राजनीतिक दल हुनुपर्ने बताएका छन् ।


ADVERTISEMENT


बिहीबार कीर्तिपुरमा एमालेले आयोजना गरेको चुनावी सभालाई सम्बोधन गर्दैै पोखरेलले धेरै राजनीतिक दल र धेरै सरकार परिवर्तन हुने गर्दा मुलुक विकास हुन नसक्ने भन्दै धेरै भन्दा थोरै तर बलिया राजनीतिक दल आवश्यक रहेको बताएका हुन् ।


ADVERTISEMENT

# # #


नेपालमा छिटो छिटो सरकार परिवर्तन हुने गरेकाले देश बन्न नसकेको उनले बताए । उनले ३२ सिट भएकाले म्याजीक नम्वर भन्दै सरकारको नेतृत्व गर्ने अवस्थाको अन्त्य हुनुपर्ने धारणा राखे । पोखरेलले देशलाई अघि बढाउनका लागि युवाहरु राजनीतिमा आउनुपर्नेमा जोड दिए ।

उनले एमाले नेतृत्वको सरकारमा पालामा युवाहरुको विदेश पलायन कम भएको तथ्याङ्कले देखाएको जिकिर गरे ।