काठमाडौँ– राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेको रिहाईको माग गर्दै माईतीघरमा प्रदर्शन गरिएको छ ।


ADVERTISEMENT


सरकारी वकिल कार्यालयमा पूर्व गृहमनी समेत रहेका लामिछानेमाथि सहकारी ठगी प्रकरण सम्बन्धि बयान चलिरहँदा रास्वपाका नेता कार्यकर्ताहरुले माइतीघरमा प्रदर्शन गरेका हुन् । प्रदर्शनकारीले ‘रवि दाईलाई रिहाई गर !’ भन्ने प्लेकार्डसहित आन्दोलनमा छन् ।


ADVERTISEMENT

# # #


पोखराको प्रहरी हिरासतमा रहेका रविलाई काठमाडौंको स्वर्णलक्ष्मी सहकारी ठगीसँग सम्बन्धित रहेर थप बयानका लागि हिजो साँझ काठमाडौं ल्याइएको हो ।