विराटनगर– भाषाभाषीको कलात्मक तरिकाले निर्देशन गर्ने केशव रायमाझीसहित एक दजर्न कलाकारहरु सम्मानित भएका छन् । नेपाल चलचित्र निर्देशक समाज तथा ह्वाईट हाउस कलेज धरानको संयुक्त आयोजनामा निर्देशक तथा कलाकारहरुलाई सम्मान गरेको हो ।


ADVERTISEMENT


कार्यक्रममा प्रदेश १ का वरीष्ठ कलाकार विश्व बस्नेत, पहिलो महिला चलचित्र निर्देशकहरु सुचित्रा श्रेष्ठ, दिपा बस्नेत, लक्षु गौतम लगायतलाई सम्मान गरिएको थियो । त्यसैगरी स्थानीय भाषाभाषीको चलचित्रमा अभिनय गर्ने कलाकारहरुलाई समेत सम्मान गरियो । कलाकारिताको माध्यमबाट नेपाली चलचित्रमा उल्लेखनीय योगदान पुर्याएको भन्दै उनीहरुलाई सम्मान गरिएको थियो ।


ADVERTISEMENT

# # #


सम्मानित हुनेहरुलाई कार्यक्रमको प्रमुख अतिथि नेपाल सरकार चलचित्र बिकास बोर्ड तथा नेपाल चलचित्र निर्माता संघका पुर्व अध्यक्ष राजकुमार राईले कदर पत्र र दोसल्ला ओढाएर सम्मान गरेका थिए ।

‘चलचित्र क्षेत्रमा विशिष्ट योगदान पुर्याउने कलाकारहरुलाई सम्मान गरिएको हो,’ नेपाल चलचित्र निर्देशक समाज तथा ह्वाईट हाउस कलेज धरानको अध्यक्ष अरुण प्रधानले भने, ‘यसरी योगदान पुर्याउने कलाकाहरुलाई आगमी दिनमा पनि सम्मान गर्नेछौं ।’