धनुषा — प्रदेशसभा २ को बैठकमा सहभागी हुन काठमाडौबाट जनकपुर आउदै गरेका सर्लाही १ (क) का राजपा सांसद उपेन्द्र महतो चढेको गाडी दुर्घटनामा परेको छ ।


ADVERTISEMENT


टिपरसंग ठोकिएर गाडीमा क्षति पुगेपनि सांसद महतो भने सकुशल रहेको प्रहरीले जनाएको छ। काठमाडौंबाट बीपी राजमार्ग हुदै बा ११ च ९५१९ नम्वरको निजी स्कारपियो जिपमा सवार महतोको गाडी मंगलटार नेपालथोक बिचमा बिहीबार बिहान ९ बजेतिर बा ४ छ ३६३६ नम्बरको टिपरसंग ठोकिएको ईलाका प्रहरी कार्यालय मंगलटारले जनाएको छ।


ADVERTISEMENT

# # #


अगाडिको टिपर अचानक रोकिँदा महतो चढेको गाडी ठोकिएको थियो। टिपरले खाल्डोबाट जोगिन ब्रेक लगाउँदा जिप ठोकिएको ईलाका प्रहरी कार्यालय मंगलटारका प्रहरी निरीक्षक शंकर श्रेष्ठले बताए।

प्रदेश २ का मुख्यमन्त्री मोहम्द लालबाबु राउतले बिहीबार प्रदेशसभा बैठकमा विश्वासको मत सामना गर्दैछन्। सांसद महतो अर्को गाडीमा जनकपुर आईरहेका छन्।