काठमाडौं– कांग्रेसले केन्द्रीय कार्यसमिति बैठक बोलाएको छ । बैठक फागुन १३ गते आइतबार विहान ९ः०० बजे पार्टीको केन्द्रीय कार्यालयमा बोलाइएको पार्टी कार्यलयका मुख्यसचिव कृष्णप्रसद पौडेलले जानकारी दिए । बैठकमा कांग्रेस केन्द्रीय कार्यसमितिका पदाधिकारी एवं सदस्यहरुलाई उपस्थितिका लागि निर्देशन नै जारी गरेको कांग्रेसले विज्ञप्तिमार्फत जनाएको छ ।


ADVERTISEMENT


यस्तै कांग्रेसले फागुन १२ गते शनिबार संसदीय दलको बैठक बोलाएको छ । उक्त बैठकले दलको नेता चयनका बारेमा छलफल गर्ने बुझिएको छ । दलको नेतामा शेरबहादुर देउवा, प्रकासमान सिंह, शशांक कोइरालाले आकक्षा देखाएका छन् ।


ADVERTISEMENT

# # #


गत निर्वाचनमा लज्जासपद हार वेहोरेको कांग्रेसका कतिपय नेताहरुले पार्टी सभापति शेरबहादुर देउवाको असक्षमता भन्दै नेतृत्व फेर्नुपर्ने आवाज समेत उठाउदै आएका छन् ।

निर्वाचन लगत्तै उनीहरुले केन्द्रीय समिति बैठक बोलाएर निर्वाचनको समिक्षा गर्न युवा नेताहरुले राखेको मागलाई सभापति देउवाले टार्दै आएका छन् । गत राष्ट्रियसभा निर्वाचन अघि २ दिन बसेर स्थगित गरेका कांग्रेस केन्द्रीय समिति बैठक त्यसैको निरन्तरता भएको नेताह्ररुले बताएका छन् ।

केन्द्रीय समिति बैठकमा निर्वाचनको समिक्षका साथै संसदीय दलको नेता चयन, प्रतिपक्षको भुमिका लगायतका विषयमा छलफल हुने बताइएको छ ।