काठमाडौँ – सहकारी ठगीको अभियोगमा रास्वपा सभापति रवि लामिछानेसँग आइतबार पनि बयान लिइएको छ ।
सरकारी वकिलको कार्यालय काठमाडौँमा शुक्रबार सुरु भएको बयानलाई आइतबार पनि निरन्तरता दिइएको हो । काठमाडौँ कालीमाटीको स्वर्णलक्ष्मी सहकारीको बचत अपचलनको आरोपमा लामिछानेसँग बयान लिइएको सरकारी वकील कार्यालय काठमाडौंले जनाएको छ ।
बयानका लागि लामिछानेलाई पोखराबाट बिहीबार काठमाडौँ ल्याइएको थियो । सभापति लामिछानेको बयान सकिएपछि पुनः पोखरा नै पठाउने तयारी प्रहरीको तयारी छ ।



























































