काठमाडौँ – ऊर्जा, जलस्रोत तथा सिँचाई मन्त्रालयले विपन्‍न नागरिकलाई सहुलियतमा कर्जा उपलब्ध गराएर जलविद्युत आयोजनाको शेयर दिने भएको छ ।


ADVERTISEMENT


सोमबार सिंहदरबारमा पत्रकार सम्मेलन गर्दै मन्त्रालयले जनताको जलविद्युत कार्यक्रम (सञ्‍चालन तथा व्यवस्थापन) कार्यविधि २०७५ संशोधन गर्दै आयोजना प्रभावित विपन्‍न नागरिकलाई सहुलियतमा कर्जा उपलब्ध गराएर शेयर दिने जानकारी गराएको हो ।


ADVERTISEMENT

# # #


प्राकृतिक स्रोत माथिको अधिकार सवै नागरिकमा समान हुने भएकोले आर्थिक हिसाबले विपन्न नागरिकलाई समेट्ने गरी जलविद्युतको विकास तथा निर्माणमा सहभागीता गराउने गरि कार्यविधि संशोधन अघि बढाइएको ऊर्जा, जलस्रोत तथा सिँचाई मन्त्री दीपक खड्काले बताए ।

शेयरमा लगानी गर्न नसक्ने विपन्न नागरिकलाई पनि आफ्ना स्थानमा बन्न लागेको आयोजनाप्रति जिम्मेवार बनाउन र जनतालाई समृद्धिको बाटोतर्फ अघि बढाउन कार्यविधि संशोधन गरिएको उनको भनाइ छ ।

शेयर विभाजन गर्दा कम्पनीले आयोजना रहेको जिल्लाका स्थानीयवासीलाई प्राथमिकता दिई बाँकी शेयर अन्य जिल्लाका सर्वसाधारण जनतालाई छुट्याउनु पर्ने र बाँकी रहेको अवस्थामा सोहि प्रदेशका जनतालाई प्राथमिकतामा राख्नुपर्ने समेत मन्त्रालयले जनाएको छ ।