सिरहा– सिरहाको लहान नगरपालिकास्थित मुख्य बजार क्षेत्रमा बम विस्फोट भएको छ। बिहीबार दिउँसो मारुती होटल अगाडि प्रेसर कुकर बम विस्फोट हुँदा लहान १ का ४५ वर्षीय अनिल अग्रवाल घाइते भएका छन्।  टाउको र गर्धनमा चोट लागेका अग्रवालको स्थानीय स्वास्थ्य संस्थामा उपचार भइरहेको छ।


ADVERTISEMENT


इलाका प्रहरी कार्यालय लहानका डीएसपी गणेश चन्दका अनुसार बम विस्फोट भएको स्थलमा जनतान्त्रिक तराई मुक्ति मोर्चा गोहित समूहको पर्चा भेटिएको छ। विस्फोटको विषयमा थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।


ADVERTISEMENT

# # #