काठमाडौँ– माओवादी केन्द्रको पूर्व हेडक्वाटर सदस्यहरुको बैठक अध्यक्ष प्रचण्ड निवास खुमलटारमा सुरु भएको छ । सरकारमा जाने मन्त्री र मन्त्रालय टुङ्गो लगाउन बैठक बोलाएको माओवादी नेता मणि थापाले बताए ।


ADVERTISEMENT


बैठकको लागि माओवादी पूर्व हेडक्वाटर सदस्य प्रचण्ड निवास जम्मा हुन थालेका छन् । बैठकमा माओवादीबाट सरकारमा जाने मन्त्रीको टुङ्गो लागेपछि शुक्रबार सपथ ग्रहण गराउने तयारी गरिएको छ ।


ADVERTISEMENT

# # #


माओवादीको यी मन्त्रालयमा दाबी

एमालेबाट प्रधानमन्त्री भएपछि माओवादीले महत्वपूर्ण मन्त्रालयको दाबी गरेको छ । माओवादीले गृह, अर्थ, भौतिक पूर्वाधार तथा यातायात, वन तथा भु संरक्षण, उर्जा, सिचाई, शिक्षा र स्वास्थ्य लगायत मन्त्रालयको दाबी गर्दै आएको छ ।

मन्त्रीका लागि यी नेताको चर्चा

निर्वाचनमा प्रत्यक्ष जितेका अधिकांश माओवादी नेता मन्त्री हुनका लागि लविङमा लागेका छन् । तर, सबै नेता लविङमा लागेपनि प्रचण्डले योग्यता क्षमता लगायत सबै समुदायको प्रतिनिधित्व हुनेगरी मन्त्री पठाउने तयारी गरेका छन् । यसरी पठाउँदा विगतमा कम अवसर पाएका नेतालाई उच्च प्राथमिकता राखेर पठाउने भनिएको छ ।

सरकारमा पठाउँदा रामबहादुर थापा बादलको नेतृत्वमा पठाउने गृहकार्य भईरहेको जनाईएको छ । बादल सहित नेता जनार्दन शर्मा, वर्षमान पुन, फम्फा भुसाल, मात्रिका यादव, लेखराज भटट्, देवेन्द्र पौडेल, देवप्रसाद गुरुङ, हितबहादुर तामाङ, अमनलाल मोदी लगायत नेताको धेरै चर्चा छ ।