काठमाडौँ– नेपाल राष्ट्र बैंकबाट अनुमति प्राप्त भुक्तानी प्रणाली सञ्चालक संस्था स्मार्टच्वाइस टेक्नोलोजिज लिमिटेड (एससिटी) र काठमाडौँको मुटु सुन्धारामा रहेको सिभिल मलबीच एससिटी–युपिआई कार्डधाराकहरूका लागि निःशुल्क पार्किङ सेवा सुरु भएको छ ।
यसअन्तर्गत एससिटी–युपिआई कार्डधाराकहरूले आफ्नो एससिटी–युपिआई कार्ड देखाएर सिभिल मल, सुन्धाराको अन्डरग्राउन्ड पार्किङ क्षेत्रमा चार घण्टासम्म निःशुल्क पार्किङ सुविधा लिन सक्नेछन् । मङ्सिर १६ गतेदेखि सुरु भएको यो सेवा हाललाई ६ महिना सम्म लागु हुनेछ ।
एससिटी–युपिआई डेबिट कार्ड लिन इच्छुक ग्राहले एससिटीको कुनै पनि सदस्य बैंक तथा वित्तीय संस्थामा गएर सजिलै कार्डका लागि अनुरोध गर्न सक्ने बताइएको छ । एससिटी–युपिआई कार्डधाराकहरूले आगमी दिनहरूमा पनि यस्तै अझै विभिन्न लाभहरू र थप सुविधाहरू प्राप्त गर्न सक्नेछन् ।



























































